कैलाली र रौतहटमा कोरोना संक्रमित भेटिए, संख्या १४ पुग्यो

0
88

काठमाडौं, बैशाख १-
कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । सरकारले संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिरहेका बेला संख्या थपिदै गएको हो । कैलाली र रौतहटमा कोरोनाका विरामी भेटिएका हुन् । पछिल्ला समयमा रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ । यस्तै कैलालीको लम्कीचुहास्थित क्वारेन्टाइनमा रहेकी ६५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको देवकोटाले बताउनु भयो । यो संगै १४ जनामा कोरोना संक्रमण भएको छ । एक जना भने संक्रमित भने निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्