राप्तीसोनारीका वडामा राहत वितरण धमाधम

0
129

तारा ओली, (राप्तीसोनारी) चैत ३०-
राप्तीसोनारीका विभिन्न वडामा राहत वितरणको काम धमाधम सुरु गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा उपाध्यक्ष धनीकुमारी खत्री, वडा अध्यक्ष खुमबहादुर बस्नेत, स्थानीय प्रहरी, रेडक्रसका प्रतिनिधी लगायतको टोली घर घरमा पुगेर राहत बाँडेको हो । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार समस्यामा परेपछि गाउँपालिकाले राहत वितरणको काम सुरु गरेको हो ।

उक्त टोलीले नागरिकको नयाँबस्ती र बालापुर गाउँको घर घरमा पुगेर राहत बाँडेको वडा नम्बर ८ का वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को अगैया लगायत स्थानमा पनि राहत वितरण गरेको छ । वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओली, वडा सदस्य कमारो केसी लगायत टोलीले राहत वितरण गर्नु भएको हो । वडा नम्बर २ का १ सय २० घर परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्