कस्मिर आक्रमण : दुई गोर्खा सैनिकको मृत्यु भएको पुष्टी

0
98

एजेन्सी–भारतको युद्धग्रस्त क्षेत्र जम्मु कास्मिरमा भएको आक्रमणमा दुई जना सैनिकको मृत्यु भएको छ । घटनामा एक नेपाली र अर्का नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको बताइएको छ । आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो ।

नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको छ । त्यस्तै नेपाली मुलकै जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन् । त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो । पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आरोप लगाएको छ ।

भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन् । आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ । पाकिस्तानमा बसोबास गर्दै आएका आतंकवादीहरु पनि आक्रमणमा मरेको भारतीय सेना प्रमुख रावतले बताए ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्