जनमुखी सामुदायिक वन समुहले बाँड्यो ६ सय थान मास्क

0
161


बाँके(अगैया), चैत १६
कोरोना भाईरसको संक्रमण फैलिन नदिन बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ माथेवासमा रहेको जनमुखी सामुदायिक वन उपभोक्ता समुहले उपभोक्तालाई मास्क वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण गाउँमा नफैलियोस् भन्ने उद्देश्यले वन उपभोक्ता समुहले घरदैलो गरेर मास्क वितरण गरेको हो ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टोपेन्द्र खड्काले ६ सय थान मास्क उपभोक्तालाई वितरण गरिएको जानकारी दिनुभयो । कोरोना भाईरसको महामारी फैलिने सन्त्रासमा रहेका बेला समुहबाट निःशुल्क रुपमा मास्क पाएपछि उपभोक्ताहरु हर्षित भएका छन् । सामुदायिकभित्र पर्ने पाँच वटा प्रतिक्षालयमा ५ जना कर्मचारी खटाएर साबुन पानीको ब्यवस्था समेत गरिएको अध्यक्ष खड्काले बताउनु भएको छ । उहाँले अनावश्यक रुपमा बाहिर ननिस्कन सबैलाई अनुरोध पनि गर्नु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्