लग डाउन प्रभावकारी बनाउँदै प्रहरी

0
236


बाँके, चैत १६-
कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउन बाँके प्रहरीले कडाई गरेको छ । नेपालगन्ज बजार क्षेत्र दिनभर शान्त रहेपनि बेलुकीपख तरकारी तथा किराना पसलमा सर्बसाधारणको भिड बढ्न थालेपछि प्रहरीले कडाई गरेको हो । तरकारी र किराना पसलमा भिड बढ्दा कोरोना भाईरसको संक्रमण फैलिन सक्ने भन्दै कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बीरबहादुर ओलीले बताउनु भयो ।

बजारमा किनमेल गर्ने ब्यक्तिको भिड हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक बस्तुको घुम्ती सेवा सञ्चालनमा ल्याएको छ । यस्तै वेष्टर्न विजनेश गु्रप तथा बाँके च्याम्बर अफ कमर्सको सहकार्यमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको छ । उक्त पसल बिहान १० देखी १२ बजेसम्म र अपरान्ह ४ बजेदेखी ६ बजेसम्म खुल्ने गरेको छ । ग्राहकले २ मिटरको दुरीमा रहेर पसलको सामान खरिद गर्ने ब्यवस्था मिलाइएको वेष्टर्न विजनेश गु्रपका सञ्चालक सञ्जय थापाले जानकारी दिनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्