राप्तीसोनारीका स्वास्थ्य चौकी अनुगमन

0
218

बाँके(राप्तीसोनारी), चैत १०-
बाँकेको राप्तीसोनारी गाउँपालिकाले सोमबार वडास्तरमा रहेका स्वास्थ्य चौकी अनुगमन गरेको छ । विश्वभर कोरोना भाइरसले आतंक मच्चाईरहेकाले स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकी तथा स्वथ्यकर्मीहरुलाई सचेत गराउने उद्देश्यले गाउँपालिकाले अनुगमन गरेको हो ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चुँडाली, अन्य कर्मचारी लगायतको अनुगमन टोलीले ९ वटै वडाका स्वास्थ चौकीमा मास्क, ब्यानर, सेनिटाइजर एवम बेड वितरण गरेको गाउँपालिकाले जनाएको छ । अनुगमनका क्रममा स्वास्थ्य शाखामा आएका जुनसुकै बिरामीलाई गम्भीरतापूर्वक चेकजाँच गर्न तथा स्थानीयलाई कोरोनाबाट बच्ने उपायबारे सही तरिका सिकाउन गाउँपालिका उपाध्यक्ष खत्रीले स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्