राप्ती सोनारीमा ‘अध्यक्ष कप’ रनिङ शिल्ड प्रतियोगिताको तयारी

0
362

बाँके(बालापुर), पुस २०- ‘दोस्रो राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड’ प्रतियोगिताको तयारी तिब्र पारिएको छ । राप्ती सोनारी गाउँपालिका शिक्षा शाखाको आयोजना तथा जनशक्ति आधारभुत बिद्यालयको ब्यवस्थापनमा यही पुस २५ देखी २७ गतेसम्म रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको हो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगिता तयारी मुल समितिका संयोजक एवम् गाउँपािलकाका शिक्षा शाखा निमित्त प्रमुख ओमप्रकाश थापाको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले उपसमिति गठन गरेको हो । प्राथमिक बिद्यालय स्तरिय कुर्सी दौड र गणित दौड खेल सञ्चालन गर्न हरिप्रसाद अधिकारी संयोजक तथा झग्गुप्रसाद डाँगी र टोपबहादुर सुनार सदस्य रहेको उपसमिति गठन गरिएको छ । यस्तै जुरी अफ अपिल उपसमितिको संयोजकमा ओमप्रकाश थापा तथा सदस्यहरुमा झग्गुप्रसाद डाँगी, मोहन खत्री, महेश चन्द र झलक ओली सदस्य रहनु भएको छ ।


यसैगरी प्रतियोगिता निरीक्षण र अनुगमन समितिको संयोजकमा मोहन गौतम तथा सदस्यहरुमा मोहन खत्री, रत्नबहादुर कुसारी, पृथ्बीबहादुर खत्री र घनश्याम खत्री रहनु भएको छ । रनिङ शिल्ड प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत गरी करिव ७१ वटा बिद्यालयले सहभागिता जनाउने मुल समिति संयोजक थापाले जानकारी दिनुभयो । रनिङ शिल्ड प्रतियोगिताको राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी लाहुराम थारुले उद्घाटन गर्ने तय गरिएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्