नदीजन्य सामाग्रीको चोरी बढ्यो, दुई वटा ट्याक्टर नियन्त्रणमा

0
25

बाँके(अगैया), पुस २०-बाँकेका नदी, खोलाबाट अबैध रुपमा नदीजन्य सामाग्री चोरी गर्ने क्रम बढेको छ । नदी, खोलाबाट नदी जन्य सामाग्री संकलन गर्न समयमै ठेक्का नखुल्दा चोरी हुने क्रम बढेको हो । यसैक्रममा नदीजन्य सामाग्री चोरी गर्नमा संलग्न २ वटा ट्याक्टरलाई बाँके राष्ट्रिय निकुञ्जले शनिबार नियन्त्रणमा लिएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमामा पर्ने मुगुवा खोलामा प्रवेश गरी नदीजन्य सामाग्री चोरी गरेको आरोपमा भे १ त ८८६३ र भे १ त ९३९५ नम्बरका दुई वटा ट्याक्टरलाई निकुञ्ज सुरक्षार्थी नेपाली सेनाको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुबै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको श्री मेहर गण सम्शेरगन्ज बाँकेले जनाएको छ । नदी तथा खोलामा चोरी बढेको स्वीकार गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले कानुनी प्रक्रियाका कारण ठेक्का स्वीकृतमा ढिलाई भएको बताउनु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्