ट्रकले बाबु र छोरालाई ठक्कर दियो, बाबुको अवस्था गम्भिर

0
139

बाँके(सम्शेरगन्ज)-पुर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको शम्शेरगन्जमा ट्रकले ठक्कर दिदाँ दुई जना घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ जादै ना ६ ख ६४५१ नम्बरको ट्रकले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित जिरो चोकमा आज बिहान ठक्कर दिँदा शारदा नगरपालिका वडा नम्बर ९ सल्यानका ४७ बर्षिय जितेन्द्र रेउले र उहाँका ४ बर्षिय छोरा तिलक रेउले घाईते हुनु भएको हो ।

घाईते जितेन्द्रको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बालकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको ढकेरी प्रहरी चौकीका ईन्चार्ज(प्रहरी सहायक निरीक्षक) मोहन केसीले जानकारी दिनुभयो । घाईते जितेन्द्रको अवस्था गम्भिर रहेको र अहिलेसम्म होस नखुलेको प्रहरीले जनाएको छ । आफन्त कहाँ आएका बाबु छोराले बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्