राप्तीसोनारी ३ मा स्वास्थ्य शिविर संचालन हुने

0
225

बाँकेको राप्तीसोनारी वडा नं. | ३ मा निशुल्क स्वास्थ्य शिविर संचालनमा हुने भएको छ । राप्तीसोनारी इङ्गलिस मिडियम स्कुल राप्तीसोनारी ३ बाँकेको आयोजना र इडिया नेपाल कोपोरेशन एशोशियसनको सहयोगमा मंसिर २३ गते एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

उक्त निशुल्क स्वास्थ्य शिविर मा महिला बालबालिकालाई विशेष प्राथमिकता राखी स्वास्थ्य शिविर संचालन गरिने भएको राप्तीसोनारी इङ्गलिस मेडियम स्कुलका संस्थापक सन्तोष चौधरीले जानकारी दिए । उक्त निशुलक स्वास्थ्य शिविर सर्जन सम्वन्धी सम्पुर्ण रोगको स्वास्थ्य शिविरमा बरिष्ठ डाक्टर द्धारा स्वास्थ्य चेकजाँच संगै परामर्श दिइने इन्डिया नेपाल कोपोरेशन एशोसियसन का अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिए । उक्त शिविरमा आयोजकले सबैलाई स्वास्थ्य चेकजाँज गर्न अनुरोध गरेको छ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्