सञ्चार प्रविधीले जोड्यो नरैनापुर

0
153

नरैनापुर–नरैनापुर गाउँपालिका ४ बाँकेका अजमद खाँलाई अहिले बल्ल स्थानीय सरकार आएको अनुभुती भईरहेको छ । अहिले उनी गाउँपालिका र वडा कार्यालयबाट सहज रुपमा काम गराउन पाएका छन् । यसअघि गाउँमा स्थानीय सरकार आएपनि पुर्वाधार अभावका कारण गाउँपालिकाको कामकाज सहज रुपमा गराउन कठिनाई हुने गरेको थियो । गाउँपालिका कार्यालयले नरैनापुरलाई सञ्चार प्रविधीबाट जोडेपछि सर्बसाधारणले आफ्नै क्षेत्रमा काम गराउन पाएका हुन् । ‘अहिले बल्ल नरैनापुरमा सरकार आए जस्तो भएको छ,’ खाँले भने ‘अब हाम्रा दुःखका दिन लगभग अन्त्य भईसकेका छन् ।’ नरैनापुरमा अहिले सूचना तथा सञ्चार प्रविधीको भरपुर रुपमा उपयोग गरिएको छ । गाउँपालिकाले आफ्नै पहलमा यहाँ इन्टरनेट जडान गरेको छ ।

गाउँपालिका कार्यालय अहिले सञ्चार प्रविधीमैत्री बनेको छ । गाउँपालिकाले ६ वटै वडा कार्यालय तथा स्थानीय स्वास्थ्य संस्था, माध्यामिक तहका सामुदायिक बिद्यालयमा पनि इन्टरनेट सुविधा पु¥याएको प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले बताए । ‘गाउँपालिकामा इन्टरनेट सुविधा, कम्प्युटर, प्रिन्टर जडान गरेका छौं,’ उनले भने ‘नरैनापुर गाउँपालिका क्षेत्र सूचना तथा सञ्चार प्रविधीको पहुँचमा विस्तारै जोडिदैछ ।’ इन्टरनेट जडान गरेपछि नरैनापुरले आफ्नो वेबसाइट पनि नियमित रुपमा प्रयोग गर्न थालेको बस्नेतले बताए ।
गाउँपालिकाले ‘इविडिङ’ मार्फत काम गर्ने गरेको छ । सामुदायिक बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न प्रविधीको प्रयोग गरेर सबै बिद्यार्थीको तथ्यांक तयार गरेको उनले जनाए । नरैनापुरका नागरिकका लागि सामाजिक सुरक्षा भत्ता पनि बैंकिङ प्रणाली मार्फत वितरण गर्न थालिएको छ । सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित नरैनापुरमा बिद्युत सेवा अहिलेसम्म पुग्न सकेको छैन । सदरमुकाम नेपालगन्ज जोड्ने हुलाकी सडक निर्माणाधिन अवस्थामा छ । तथापी, बैकल्पिक उर्जा(सोलार प्यानल)मार्फत सूचना तथा सञ्चार प्रविधीको प्रयोग गरिएको गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह बताउँछन् ।

टेलिकमले टावर राखेपनि यसअघि मोबाईल फोन समेत अनियमित हुने गरेको थियो । सूचना तथा सञ्चार सुविधाको समस्याकै कारण गाउँपालिकाले विगतमा आफ्नो सम्पर्क कार्यालय केही समयसम्म नेपालगन्जमा खोलेर पनि कामकाज सञ्चालन गरेको थियो । अहिले मोबाईल फोनमा समस्या आउन छाडेको र आफ्नै क्षेत्रमा गाउँपालिकाले इन्टरनेट लगायतका सुविधासँग नरैनापुरलाई जोड्न सफल हुँदा खुसी लागेको शाहले सुनाए ।निर्वाचित भएर आफुहरु आएपछि सूचना तथा सञ्चार प्रविधीको समस्याले गर्दा नरैनापुर गाउँपालिकाले धेरै समस्या बेहोर्नुपरेको स्मरण गर्दै उनले भने, ‘विगतका दिनमा मोबाईलमा राम्ररी कुराकानी गर्न सकिदैनथ्यो, एउटा ईमेल खोल्न पनि नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो, सूचना तथा सञ्चार प्रविधीको सवालमा नरैनापुरले फड्को मारेकै हो ।’ स्थानीय सरकार गाउँमा आएको अनुभुती जनतामा गराउने प्रयासमा आफुहरु रहेको उनले बताए ।

निर्वाचित भएर आफुहरु आएपछि सूचना तथा सञ्चार प्रविधीको समस्याले गर्दा नरैनापुर गाउँपालिकाले धेरै समस्या बेहोर्नुपरेको स्मरण गर्दै उनले भने, ‘विगतका दिनमा मोबाईलमा राम्ररी कुराकानी गर्न सकिदैनथ्यो, एउटा ईमेल खोल्न पनि नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो, सूचना तथा सञ्चार प्रविधीको सवालमा नरैनापुरले फड्को मारेकै हो ।’ स्थानीय सरकार गाउँमा आएको अनुभुती जनतामा गराउने प्रयासमा आफुहरु रहेको उनले बताए ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्