नरैनापुरको कोहलामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

0
115

बाँके (नरैनापुर), भदौं २४-
नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलामा रहेको मुक्तिनाथ महिला समूहले तीज विशेष साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ । नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसूद अहमद शाहको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी एवम् वडा नम्बर ६ का वडाअध्यक्ष बीरेन्द्रपाल सिंह, जय किसान माध्यामिक बिद्यालयका.अध्यक्ष बृजेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा प्रतियोगिताको एकल नृत्यतर्फ करिना भण्डारी पहिलो हुनु भएको छ । उहाँले नगद २ हजार पुरस्कार पाउनु भएको छ । यस्तै प्रतियोगितामा दोस्रो हुनु भएकी शिक्षा शिरिष मगरले १ हजार ५ सय, तेस्रो हुने निशा भट्टराईले नगद एक हजार र सान्त्वना हुने निरन्जना गिरीले नगद ५ सय प्राप्त गर्नु भएको छ ।

यसैगरी सामुहिक नृत्य प्रतियोगितातर्फ जय किसान माध्यामिक बिद्यालयको सृजनशिल किशोरी क्लब पहिलो भएको छ । क्लबले नगद ४ हजार प्राप्त गरेको बिद्यालयका शिक्षक अरुण यादवले जानकारी दिनुभयो । उक्त समुहमा दुर्गा चौधरी, टीका रोकाय, करुना बि.क. र रिता पुनले नृत्य प्रस्तुत गर्नु भएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्