निजामती सेवा दिवसमा राप्तीसोनारीका कर्मचारीले गरे बृक्षा रोपण

0
132

बाँके (राप्तीसोनारी), भाद्र २२-

बाँकेको राप्ती सोनारी गाउँपालिकाका कर्मचारीहरु आज बृक्षारोण गरेकाछन् । १८ औं निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुले राप्ती सोनारी – ३ स्थित बैशा पिक्नीक पार्कमा बृक्षा रोपण गरेका हुन् । ‘ब्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नरा सहित गरिएको बृक्षा रोपण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री र प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले बिरुवा रोपेर उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिका अन्तर्गत ५० भन्दा बढी कर्मचारी सहभागी कार्यक्रममा लीप्टीस, पारीजात, नीम, सितलचीनी लगायतका एक सय पाँच वटा बिरुवा रोपेको नेपाल निजामती कर्मचारी संघ राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष गौरव कुमार लामिछानेले जानकारी दिनुभयो ।

बैशा पीक्नीक पार्कको सौन्दर्यता बढाउन तथा राप्ती नदि छेउमा भुक्षय रोक्नमा सहयोग पुगोस भन्ने उद्देश्यले निजामती सेवा दिवसको अवसरमा बृक्षा रोपण गरिएको राप्ती सोनारी गाउँपालिकाको लेखा अधिकृत समेत रहनुभएका लामिछानेले बताउनु भयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्