बाँकेको प्रख्यात पर्यटकीय गन्तब्य सन्तानेश्वर

0
160

विगत र वर्तमान 

अरुण दर्पन :
नरैनापुर (बाँके)

परिचय
श्री सन्तानेश्वर महादेव मन्दिर झन्डहवा बाँके जिल्ला नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया देखी १२ कि.मी.उत्त्र पहाडी डाँडामा राप्ती सोनारी गा.पा.सिमाना नजिक अवस्थित छ । सन्तानेश्वर महादेव मन्दिर झन्डहवा भन्ने बेदिहवा बाबा जानको प्रवेशद्धार नरैनापुर गाउँपालीका वडा नं.६ कोहला देखि शुरु हुन्छ ।

यस बाँके जिल्लाको सदरमुकाम नेपालगँज देखि २३.५ किलोमिटर पुर्व डुडुवा राप्ती सोनारी हुदैँ नरैनापुर गाउँपालीका प्रवेशद्धार कोहला देखि मन्दिर जाने मुख्य प्रवेशद्धार छ । प्रवेशद्धार कोहला देखि ८ किलोमिटर उत्तर हरिया सालैसालको जँगल पन्छाएर पहाडी फेद सम्म मोटरसाइकल यात्रा गरिने कच्ची पुरानो परम्परागत बाटो छ ।

सो बाटो हुदै पैदल करिब १ घण्टा र मोटर करिब ३०/३५ मिनेट बाटो काटी सकेपछि सन्तानेश्वरको पहिलो विश्राम स्थल तथा पहाडीको फेदमा पुगीन्छ । यसरी यात्राको क्रममा विभिन्न प्रजातीका बोट बिरुवाहरुको हरियो जँगल बाट आउने स्वच्छ हावाले मनै पुलकिन बनाउछ । सन्तानेश्वर महादेव डाँडा फेद देखि करिब २ किलोमिटर उकालो चढेपछि मन्दिर पुगिन्छ । पहाडी फेद देखि उकालो लाग्दा पैदल बाटो छ । बाटोमा पैदल जादासाथी संगीसंग पहाड चडाइ हस्यांग फस्यांग बनाउछ ।

करिब ३०/४० मिनेटको पैदल यात्रा गर्दा ठाउँ ठाउँमा उकालो चढदा डाडाँका टुप्पाहरु छन जहाँ पुर्वा बन्गाल देखि बगेको शितल हावा छातीमा ठोकिन पुग्छ र हरमराउछ ठोकिरहन मन लाग्छ बेस्सरी यो स्वच्छ शितल हावासँग र केहि क्षणका लागी बिसाउन बाध्य बनाउछ जब पुर्वी हावा  छातीमा बेजोड तालमा ठोकिन पुग्छ त्यसबखत सान्सारिक सबथोक चरण आनन्द प्राप्त भएको महसुस हुन्छ ।

उकालो चढदै गइन्छ डाडाँकाडा पार गर्दै गइँन्छ र उकालोको चढाइले मुटुको गति तिव्र हुदैँ जान्छ सन्तानेश्वर महादेव मन्दिरको गन्तव्य नजिकिदै जान्छ । करिब ठुला साना टाकुराहरु पार गरी अन्तिम साता डाडाँको टाकुरामा सिधै उकालो लाग्नुपर्छ । छैठो टाकुरामा सन्तानेश्वर महादेवको मन्दिर झन्डाहवा पुजारी सन्त योगानन्द गिरी महाराजको कुटीयाछ जहाँ महाराजको दर्शनका लागि श्रद्धालु भक्तजन  दर्शनिर्थीहरुको घुइचो लाग्छ ।

त्यस योगानन्द गिरी आश्रम सातौं डाडाँको सिधै उकालो डाडाँ चढेपछि शिव भगवान अकृति श्री सन्तानेश्वर महादेव मन्दिरको दर्शन गर्ने शौभाग्य प्राप्त हुन्छ । हाल श्री सन्तानेश्वर महादेवको सानो चार पिलर भएको संरचना भित्र भगवान शिवको शिवलिँगको रुपमा विराजमान हुनुहुन्छ । यस मन्दिरको भौतिक संरचनागत स्वरुप मिति २०७० साल माघ २४ गते मन्दिर  निर्माणभई स्थापना भएको हो । यसको संस्थापन राप्ती सोनारी गाउँपालिका वडा नं. ७ लालपुर निवासी पुरोहित विप्र श्री भवानी प्रसाद शर्मा ज्यूद्धारा गरिएको हो ।

सन्तानेश्वर महादेवको इतिहास 
श्री सन्तानेश्वर महादेव बेदिहिवा बाबा झन्डाहवाको ऐतिहासिक पृष्टभुमि स्थानीय पुर्खाहरुका अनुसार केलाउदा करिब करिब एक शताब्दी पूर्व यस ठाउँको इतिहास भेटिन्छ । यसको लिखित दस्तावेजको रुपमा कहिकतै केहि पनि भेटिएको छैन ।

हाल सम्म करिब आजको ९० वर्ष पहिला पुरानो परम्परा अनुसार यस डाडाँमा स्थानीयहरु ग्वाला जाने गर्थे । ग्वाला जादाँ यो डाडाको सेरोफेरो वर्षे महिनाको हरिया घाँसपुस गौचरणका रुपमा प्रसिद्ध थियो । स्थानीय बुढापाखाका अनुसार पहिला पहिला ग्वाला जादा त्यस टाकुरा माथि वर्गाकार एउटा माटो र ढुँगाको बेदी भेटिएको थियो ।

केही दिनमै यस्तै ग्वालाका क्रममा एक जना ग्वाला त्यही बेदी माथि अडेस लागि निदाएछन निदाउँदा उहाँले सपना देख्नुभएको , सपनामा एकजना महापुरुष आएर ए बालक तिमी यहाँ किन सुतेको हामी यहाँ शिव ताण्डव गर्ने हो तिमी हाम्रा्े पुजामा सहयोग गर अनि अचानक ब्यूझदा ग्वाला साथीहरु त्यहाँ पहाडबाट तल ओर्ली सकेका थिए ।

सपना देखि पश्चात मन उथलपुथल भयो अनेकौ कुराहरु मनमा खेल्न शुरु भए । श्रावण मास थियौ, धान रोपेर खेतवारीका काम सकिसकेका थिए । पानी भने महिनौ सम्म नपरेर वातावरणमा गाउँदेखि टाकुरै सम्म धुलो उडने ठुलै खडेडी परेको थियो। मनमा थरिथरीका तमामन कुराहरु खेलाउदा खडेडीको प्रभावले खेतमा लगाएका धानबाली ठाउँकोठावैं सुक्लान झै भईसकेका थिए ।

ग्वालाबाट साँझ घर फर्किसकेपछि रात्री निद्रा लागेन त्यही सपनाले बेस्सरी माघ मासको कठ्यांग्रिने जाडो झैं च्यापिदै गयौ । विहान सबेरै उठी गाईवस्तुको काम सकेर केही ग्वाला साथीहरुसंग गाई ग्वाला जानको लागि तयार भए । ग्वालाहरु संग हिजो देखेको सपनालाई सविस्तार पारेर सबैको सल्लाह बमोजिम एउटा अलिखत योजना तयार भयो ।

त्यो योजनामा त्यसठाउँको बेदीमा केही दैविक शक्ति भएकोले बेदिहिवा बाबा नामाकरण गर्ने र सो अवसरमा त्यहाँ सत्यनारायण कथा लगाउने रणनिती तय भयो । सोही रणनिति अनुसार साविकको मटेहिया गाउँ पञ्चायतका, सन्तुले वडा नं. ४ देखि मोतिपुर,सिंग्हाफँटा हुदै टिकुईथुनिया ,बडका धौं , सिउरिया, सुकललवा , बनसत्ती पथरहवा बेलवाभितरी , बैरिया धितरी नाला हुदै मण्डा चक्ला पथ्थरमा वनभोज र बेदिहिवा बाबा पर्वत माथि टाकुरामा सत्यनारायण कथा गरियो ।

हिन्दु धर्मानुसार कथा लगाउदा हनुमान ज्यूको अंकित ध्वजा भण्डा पटाका स्थापना गरियो । यसरी ग्वालाको सपना र खडेडीको तात्विक संयुक्त मनभावका भावनात्मक संयोजनबाट मण्डामा वनभोजको बखत स्थानीय परिकार नुन खुर्सानी हाली बनाएको चटनी र पीठोको गोला आकारको भौरी तथा खीर पकाई भगवान शिवलाई भोग लगाई सत्यनाराण पूजा सम्पन्नगरि पूजा तथा वनभोज गरिएको थियो । पूजा सकेर घर फर्किदा खडेडीका बेला बेस्सरी अटूट घण्टौ अबिरल पानी परेर सबैतिर जलमग्न बनायो । जंगलमा भएका साना,ठूला नाला, खोल्सीखोल्साहरुको चर्बराउदो जवानी छरप्रष्ट देखियो । 

ती सपना देखेका ग्वाला मटेहिया गाउँ पञ्चायत (फर्का) निवारी सन्तराम यादवको नेतृत्वमा हरेक वर्ष शिव महादेवको माह श्रावणको मसान्तमा बेदिहिवा बाबा पर्वतमाथि टाकुरामा सत्यनारायण कथाको शुरुवात गरिएको थियो । त्यसैखालको वनभोज पनि गरिने गरियो र जबजबसत्यनारायण पूजा लागाईन्थ्यो तबतब पहाडबाट गाउँ फर्किदा पानी पर्ने गरेको पाईयो ।

साथै अन्त्यमा त्यही पूजामा ईन्द्र भगवानको थप पूजा गर्ने गर्ने चलन भयो । यसै परम्परा अनुसार हालसम्म हरेक वर्ष ती सन्तराम यादवको घरघरानको अगुवाईमा त्यहाँ बेदिहिवा बाबा पर्वतमाथि टकुरामा श्रावण मसान्तमा सत्यनारायण , ईन्द्र पूजा गलाउने र भौरी वनभोज गर्ने प्रथा हालसम्म चल्दै आएको हो । उक्त पूर्वचलन अनुसार अझैपनि पूजा लगाएर पहाडवाट घर फर्किदा हरेक वर्ष अनिवार्य पानी परेको इतिहास, म लगायत तमामन युवा पुस्ताले प्रत्यक्ष आफै सहभागी भई नियाल्दै आएकाछौ । 

यसरी बेदिहिवा बाबा पर्वत माथि डाडामा हनुमान ध्वजा इंकित झण्डा चुचुरोमाथि रहिआएको इतिहास कायम भएको हो । पछिल्लो पुस्ताका युवायुवतीहरु महाशिवरात्रीको अवसरमा बेदिहिवा बाबा पर्वत जाने क्रम बढयो र त्यहाँ त्यही हनुमान ध्वजा इंकित झण्डाको स्थापित स्वरुपलाई नयाँ पुस्ताका युवायुवतीले आपसमा कुराकानी गर्दा स्थानीय स्तरमा भण्डाहवा नाम पर्न गएको हो ।  करिब २०६३ देखि २०६९ सम्म झण्डाहवाको नाममा यो मन्दिर प्रचित भयो । यस अवधीमा शिवरत्री,तीज वर्तलाई अवसर पारेर अक्सर युवायुवतीहरु यस स्थानमा गई पूजा अर्चनागर्ने प्रचलन शुरुवात भएको हो।  

हरेक वर्ष महाशिरात्रीको अवसरमा पुजा अर्चनागर्ने भजन किर्तन गर्दै आएको चलनले स्थानीय श्रद्धालु भक्तजन, दर्शनार्थीहरुको क्रमशः चाप बडदै गयो । जिल्ला बाँके राप्ती सोनारी वडा नं. ७ साविक फत्तेपुर ६ लालपुर निवासी ब्राहमण पुरोहित बिप्र श्री भवानी प्रसाद शर्माले बेदिहिवा बाबा झण्डाहवा पर्वतमाथि टाकुरामा भगवान शिवको शिवलिंग सहितको संरचनाखडा  गर्नु भएको हो । स्थानीयहरुको सहयोगमा त्रिनेत्र भगवान शिवको शिवलिंग सहितको मन्दिर स्थापना श्री भवानी प्रसाद शर्मा ज्यूद्वारा गरिएको हो ।  

२०७० माघ २४ गते धार्मिक परम्परा अनुसार रुद्राभिशेष अनुष्ठान गरि मन्दिरको श्री सन्तानेश्वर महादेव नामाकरण गरीस्थायी स्थापना भएको हो । श्रद्धालु भक्तजन दर्शनार्थीहरुको चाप बढे लगत्तै भक्तजनहरु विभिन्न भाकल गर्ने शुरुवात भयो र अन्तत सन्तान नभएकाहरुले स्वच्छ मनले पूजा अर्चना गरे सन्तान प्राप्ती हुने मान्यता छ । यस मन्दिरको नाम दुई तात्विक शब्दले सन्तानेश्वर रहन गएको हो । यस मन्दिरको सुरुमा सन्तराम यादवले स्थापना गर्नु भएकोहो भने पछिल्लो चरणमा सन्तान प्राप्ती हुने मान्यताले रहेकोछ । तसर्थ सन्तराम र सन्तान प्राप्ती दुईशब्दको संयोजनबाट यसको नाम सन्तानेश्वरको रुपमा प्रख्यात भएको इतिहास छ । 
महत्व 
हाल बाँके जिल्ला नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहिया देखि १२ किलोमिटर र वडा नं ६ कोहला जमुनी देखि ८ किलोमिटर भित्री पहाममा अवस्थित श्री सन्तानेश्वर महादेव मन्दिर झण्डाहवा पश्चिम नेपाल तथा लुम्बिनी प्रदेशमा एक प्रख्यात धार्मिक गनतब्यको रुपमा प्रख्यात छ । त्रिनेत्र शिवशंकर भगवानमा आस्थावान श्रद्धालु भक्तजनहरुले स्वच्छ सफा मनले पूजागरे सन्तान प्राप्ती हुने अधिक जन विश्वास छ ।  

संस्थापक हाम्रा बिप्र पण्डित पुरोहित श्रेदय भवानी प्रसाद शर्माका अनुसार शिव र शक्तिको संयोजन तसर्थ शिव भगवानले शक्ति प्राप्तीका लागि यस पर्वतमा त्रिनेत्र शिवशंकर भगवानले तपस्या गरेको स्थल हो । पण्डित शर्माका अनुसार यस श्री सन्तानेश्वर पर्वतमा असीन शिवलिंगको तल भित्री भागमा अष्ट नाग बिराजमान हुनुहुन्छ । स्वस्थानी वर्तको शिव पुराणका अनुसार शिवपुराणको ५१ ओटा शिवशक्ति पीठ मध्ये यो श्री सन्तानेश्वर महादेव पनि एक शिवशक्ति पीठ  हो ।

यहाँ हरेक वर्ष पूर्णरुपले धार्मिक परम्परा अनुसार शिवरात्री पूजा अनुष्ठान गर्दै आएको हो । सोही बार्षिक पूजाको निरन्तरतामा २०७७ सालको पूजा अनुष्ठान गरेको नौ आंै पूजा अनुष्ठान हो । बिप्र पण्डित भवानी प्रसाद शर्माका अनुसार शिवशक्ति पीठ श्री सन्तानेश्वरमा २०७७ सालमा नवदा भवानीको पूजा सम्पन्न भएकोले यो स्वयम् आफै शक्तिपूर्ण धार्मिक स्थलको रुपमा प्रख्यात भएको हो ।

पुरोहित बिप्र पण्डित भवानी प्रसाद शर्माका अनुसार भगवान शिवशंकरले तपस्या गरेर सन्तानेश्वर पीठमा नवदादेविको पूजा पकाष्ठा भएकोले दैविकरुपमा यस संतानेश्वर महादेव मन्दिरको शक्ति बढेको हो । जसको फलस्वरुपमा स्वच्छ मनले जे भाकल गरे सोको पूर्ति हुने कुरा बताउछन ।  यस श्री सन्तानेश्वर शिपशक्ति पीठ बिराजमान शिवलिंगको नौऔ वर्षको पूजन सम्पन्न भएकोले यो स्थान स्वयम् दैविकरुपमा प्रसिद्ध र प्रख्यात भएको हो र क्रमशः हुदैजाने कुरामा विप्र विश्वस्त हुनुहुन्छ । 

निकर्षमा  
शिवपुराणको ५१ ओाटा शिवशक्ति पीठ मध्ये यो श्री सन्तानेश्वर महादेव शक्तिपीठ  एक हो ।  पर्वतमाथि बिराजमान शिवलिंग पर्वतको तल भित्रीभागमा अष्ठनागको बासस्थान छ । सन्तान नहुने श्रद्धालु झक्तजनहरुले स्वच्छ सफा मनले पूजा अर्चना गरी भाकल गरे सन्तान प्राप्ती हुने । शिवरात्री पूजाअर्चनाको लागि प्रसिद्ध प्राकतिक सौन्दर्य सहितको रमणीय पूजा स्थलको रुपमा प्रख्यात छ । दैनिक रुपमा शिव भगवानको पूजाअर्चना हुँदै आएको । एकपटक नागधारी शिवलिंगको दर्शन गरे मोक्ष प्राप्ती हुने । धार्मिक प्रबचन भजन कृतन तथा पूजाअर्चना कार्यक्रमहरु आयोजना हुदै आएको । 

श्री सन्तानेश्र महादेव झण्डाहवाको सामाजिक तथा साँकृतिक महत्व  
हिन्दु धर्मावलम्बिहरुले मनाउने सबै चाडपर्वहरुमा श्री सन्तानेश्वर महादेव दर्शनार्थीहरुको भीडको घुईचो लाग्छ । सय नरैनापुर , डुडुवा र रातीसोनारी सहित बाँके जिल्ला बासीहरुको रमणीय सौन्दर्यपूर्ण धार्मिक स्थल भएकोले यसको आफ्नै सामाजिक तथा साँस्कृतिक महत्वछ । यस श्री सन्तानेश्र महादेव मन्दिर झण्डाहवामा भजन , कृतन शिवपाठ लगायत प्रबचनहरु सञ्चालन हुदै आएको हो । जसको फलस्वरुप भजन मण्डलको भजन प्रेमीहरुको जमात जुटने , प्रवचनको बखत कथा श्रवणकर्ताहरुको भीड हुने ।

नरैनापुर गाउँपालिका वडा नं ५ को मटेहिया,मोतिपुर, नयाँबस्ती, नेवाजी गाउँ ,भगवानपुर र सर्वराजपुर्वा तथा वडा नं ६ को जमुनी, कोहला, गंगापुर,कोदरबेटवा,सोनवर्षा र दोन्द्राका स्थानीय बासीहरु खेतपातको काम सकेर  हरेका मासमा भण्डारा पूजाअर्चना,भजन तथा प्रवचनहरु आयोजन गर्दै आईएको हो ।

खासगरी श्रावण मास शिवशंकर भगवानको महिना भएको श्रावणमा शिव भक्तहरुले शिवकाँवरिया ,पैदलयात्रा तथा जल पूजन जस्ता धार्मिक कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । यी  यस्ता खाले कार्यक्रमले स्थानीय परम्परागत नाच नाच्ने, भजन गाउने जस्ता कार्यहरुले पुराना सँस्कतिहरुको साँस्कृतिक संरक्षण गरेको कार्यले सामाजिक सदभावमा टेवा पु¥याई रहेको छ । 

बेलाबेलामा सोमबारे वर्त बस्ने वर्तालुहरुले भजन कृतन गर्नेगर्छन । साँस्कृतिक रुपले हिन्दु धर्मावलम्बिहरुको यादव, मौर्य ,राढ,वर्मा ,गोडिया, बोहरा , बुढाथोकी, वली, थारु, भण्डारी,पासी , हरिजन, बाहुन गरि जनजाति र दलित सहित पहाडी मूल र मधेसी मूलको समिश्रण बसोबास रहेको व्यक्तिहरुको साझा पूज्य स्थलको रुपमा श्री सन्तानेश्र महादेव मन्दिर झण्डाहवा स्थापित भई प्रख्यात छ ।

यहाँ दुबै मूलका श्रद्धालु भक्तजनहरु एक अर्काको मूल्य मान्यता, परम्परा, चालचालनमा घुलमिल भई सदभावका साथ पूजाअर्चना तथा विभिन्न धार्मिक कार्यक्रमहरुको योजना हुदै आएको छ । अहिलेको नयाँ पुस्ताको युवायुवतीहरुको घुम्ने एक प्राकृतिक सौन्दर्यताले भरिभराव रमणीय स्थल सन्तानेश्र महादेव मन्दिर झण्डाहवा बाँके हो ।

बाँके जिल्लाका सबै स्थानीयतहका युवयुवतीहरुमा घुमफिरको क्रममा सन्तानेश्र महादेव मन्दिर झण्डाहवाको दर्शन गर्न आउने होडबाजी नै चलेको छ । सबैको आत्म विश्वासको कारण दिनानुदिन नयाँ  पुस्तौलीका युवायुवतीहरुको बेजोड आगमन बढेकोछ ।

हाल प्रकृतिले भरिभराउ हरियो र सुन्दर पाखापखेराका दृश्यहरु पछाडीको दृश्य बनाई नव युवक जोडीहरु टिकटाक बनाउने , फोटोखिच्ने, भिडियो बनाउने जस्तो आनन्ददायी मनमोहक दृश्यहरुको बयान गरि साध्यछैन। यहाँको रमणीय प्राकृतिक सुन्दरताले सबैलाई नतमस्तक बनाउदै स्वर्गको अलौकिक अभाषको सुगन्धित बासले मनै हर्षित र पुलकित तुल्याउछ । यहाँको रमणीय प्राकृतिक सुन्दरताले पटकपटक आगन्तुकहरुलाई आउने अग्रिम निम्तो निरन्तररुपमा दिईरहन्छ । 

सन्तानेश्वर महादेव मन्दिर झण्डाहवा बाँकेको भौगोलिक सुन्दरता पर्यटकीय गन्तब्य 
छिनछिनमा आफ्नो स्वरुप फेरिरहने सन्तानेश्वर महादेव मन्दिर, झण्डाहवा बाँके नरैनापुर वडा नं. ५ मटेहिया देखि भित्री पहाडमा १२ किलोमिटर भित्र जहाँ सिंग्हाफाँटा, टिकुईथुनिया, बडका धौं ,शिउरिह्या,सुक्ललवा, बनसत्ती, पथरह्वा बेलवाभितरी, बैरियाभितरी नाला, मण्डा ,चक्लापथ्थर र नरैनापुर वडा नं.६ कोहला जमुनीको मूख्य प्रवेशद्वार देखि उत्तर तिर जंगलीबाटोमा बरपिपल, चौतारो ,सुरिलोबर , स्यानो नाला,बाङ्गे झौव्वा, साँगुरोबाटो ,गोदाम, दोन्द्रनाला, भितरी कुट्टी बाङगेवर, चिप्लेढुङ्गा खरडाडाको यात्रा सकेपछि श्री सन्तानेश्वर महादेव मन्दिर,बेदिहिवा बाबा  झण्डाहवा बाँके नरैनापुर पर्वतमाथि अवस्थित छ । 

पहाडको प्राकृतिक सौन्दर्यताको बयान गरि साध्य छैन । एकैछिनमा सिमसिम पानी परेर हराउँछ भने एकै छिनमा मन्दिर । हरिया पहाडलाई बादलले पुर्ण माघमासको बदलीझै ढपक्क ढाक्छ। हेर्दाहेर्दे पहाडमाथिको बादल फाँटछ पहाड खुलेर सबैतिर हरियाली पहाड,निलो आकाश सेतोबादलका ढिक्काहरु  चिसो हावाले आसपासका रुखहरु, घाँसहरु हल्लाउँदै स्वर्गको ठाउँमा आए जस्तो महसूस गराउँछ ।

प्राकृतिक रंगरुपले फेरिरहने सन्तानेश्वर मन्दिर सबैको मनमा स्वर्गको सुन्दरता बन्दै गएकोछ । चारैतिर पहाडको स्वरुप ओम अकारको देखिने नेपालको तराई क्षेत्र भारतीय बस्तीहरु पहाडहरु राप्तीनदीको रमणीय सुन्दर दृश्य अवलोकन देलि बादलै छुन मिल्ने गरी अग्लो पहाडमा नरैनापुर ५ झण्डाहवा स्थित श्री सन्तानेश्वर महादेव मन्दिर अहिले बाँके जिल्लाकै नयाँ धार्मिक प्राकृतिक गन्तब्यको रुपमा परिचित बन्दै गएको छ ।

बाँके जिल्ला सदरमुकाम नेपालगञ्ज देखि २३ किलोमिटर पूर्व राप्ती सोनारी गाउँपालिकाको सिमा सकेपछि नरैनापुर ६ कोहला शुरु हुन्छ । सन्तानेश्वर महादेवको मूख्य प्रवेशद्वार कोहला देखि  ८ किलोमिटर भित्र जंगलको  यात्रा गरेर सन्तानेश्वर महादेव पुगिन्छ ।सालैसालको हरिया जंगल करिब ६ किलोमिटर यात्रा गरेर चिप्ले ढुंगा स्थित मोटरसाईकल पाकिंग आउँछ ।

यहाँ हिडाईको थकाई मार्नका लागि स साना पानी, फ्रुटिबिस्कुट बेच्न पसलहरु पनि स्थानीयले राखेका छन । बाँकी २ किलोमिटर पैदल यात्रा तय हुन्छ । करिब ४५ मिनेट देखि १ घण्टा उकालो लागेपछि एउटा डाडा आउँछ , त्यहाँ पुग्दा सर्रर पूर्बी बंगालबाट बगेको सिचो शितल हावा छातीमा ठोक्किन पुग्छ अनि शीतलताले मनै पुलकित बनाउँछ ।संसारको संसारिकमाया मोहलाई बिर्साएर  यो प्राकृतिक सौन्दर्य रमणीय वातावरणमा आफु स्वर्गैमा पाईला टेकेको महसूस गराउँछ । 

तराईको गर्मी  जीवन शैली उकुसमुकुस, कच्ची सडक र पहाड चढदाको गर्मी थकान मन्दिर नपुग्दै चिसोहावा आँखा अगाडी उडने बादल र चारैतिरकोप्राकृतिक रमणीय  सुन्दरताले शरीरमा उर्जा ,उमंग र आनन्दको आभाष आउँछ , साथी, सहकर्मीसंग हिडदै गर्दा मन्दिर नपुग्दै अँगालो मारेर जय सन्तानेश्वर महादेव भन्न बाध्य बनाउछ र यत्रतत्र चारैतिर जय सन्तानेश्वर महादेव जयकाराको सर्वत्र गुञ्जायमान हुन्छ । एउटा पर्वतको टाकुराबाट अर्को पर्वतको टाकुरामा आवाज ठोक्किएर अलौकिक स्वर्गानन्द प्राप्ती भएकोमा मन हर्षित र आनन्दित बनाउँछ । 

हाल यस सन्तानेश्वर महादेव  मन्दिरको दर्शन गर्न दैनिक सयौं र शनिवार तथा सोमबार हजारौ श्रद्धालु भक्तजन दर्शनार्थीहरु भारतको विभिन्न स्थान र नेपालको बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत कैलाली जिल्लाबाट आउँछन । मन्दिर दर्शन गर्न अहिले मानिसहरु दैनिक आवतजावत गर्छन । मन्दिरको चारैतिर डाडाहरु ॐ आकारको रहेकोछ । मन्दिरको चारैतिर तीनओटा स साना खोलाहरु रहेकाछन ।

यहाँपुग्ने जो कोहीको प्राकृतिक सौन्दर्यताले मख्ख बनाउँछ । पछिल्लो दिनहरुमा स्थानीय युवा क्लबले यस सन्तानेश्वर महादेव मन्दिको प्राकृतिक सौन्दर्यतालाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दा क्रमशः आगन्तुकहरुको चाप बढदै गएको हो । हाल मन्दिरको मूख्य पुजारी गूरु योगानन्द गिरी महाराज हुनुहुन्छ । मन्दिर भन्दा २०० मिटर तल गुरु योगानन्द गिरी महाराजको अश्रम अवस्थित छ ।

त्यहाँ श्रद्धालु भक्तजनहरुको ठुलो भीडको घुईचो लाग्छ । सन्तानहरुको  मन्दिर सन्तानेश्वर मन्दिर एक प्रसिद्ध पर्यटकीय गनतब्यको रुपमा प्रख्यात सन्तानेश्वर दर्शन गरेमा सन्तान पाउने जन विश्वास छ । यस सन्तानेश्वर मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्ती हुने धार्मिक विश्वास छ । 
प्रयास 
 यस श्री सन्तानेश्वर महादेव मन्दिर झण्डाहवालाई पश्चिम क्षेत्रकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने अभ्यास नरैनापुर गाउँपालिकाले थालेकोछ । गत श्रावण २ गते गा.पा.को आयोजनामा आगन्तुक श्रद्धालु भक्तजन दर्शनार्थी पर्यटकहरुलाई प्रवेशद्वारमा खादा ओढाई अबिर टिका लागाईस्वागत कार्यक्रम आयोजना गरिएको थियो। भने श्री सन्तानेश्वर महादेव मन्दिर परिसरमा स्वयम् पुगी नेपालको झण्डा फहराई भ्रमण नरैनापुर भ्रमण वर्ष २०२१ सुभारम्भ गर्नु भएको हो ।

स्वागत कार्यक्रममा आगन्तुक श्रद्धालु भक्तजन दर्शनार्थी पर्यटकहरुलाई पानी , प्राथमिक उपचार निशुल्क व्यवस्था गरिएको थियौ । स्वागत कार्यत्रमmमा मध्यपश्चिमकै चर्चित पत्रकार , समाजसेवी युवा अभियान्ता लगायत करिब १० हजार बढी आगन्तुक श्रद्धालु भक्तजन दर्शनार्थी पर्यटकहरुको आगमन भएको थियौ ।

कार्यक्रमका दौरानमा टिसर्ट छपाई वित्तरण गरिएको हो र टिशर्टको अगाडी नरैनापुरको अति रमणीय सुन्दर ठाउँ सन्तानेश्वर महादेव घुम्न जाउँ र पछाडी भागमा स्थानीय पर्यटनको प्रर्बद्धन गरौ सन्तानेश्वर महादेवको दर्शन गरौ  भन्ने नारा लेखिएको थियो । गा.पा.को, यस क्षेत्रलाई मध्यपश्चिमकै एक प्रख्यात पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ ।

दर्शनार्थीहरुको भीड बढे लगत्तै मन्दिर परिसर फोहोर हुदै गएको थियो र हाल सरसफाईको जिम्मेवारी नमूना युवा क्लब कोहलाले पाएकोछ । अन्तर राष्ट्रिय युवा दिवसको अवसरमा क्लबले प्रबेशमार्ग देखि मन्दिर परिसर सरसफाई पनि गरिएको थियो । ( ईतिहास सहयोगी स्रोत  : सन्तराम यादवको नाति, रामयश यादव 
पुरोहित बिप्र पण्डित श्री भवानी प्रसाद शर्मा ज्यू )

सम्पर्क : ९८५८०८८५५५, ९८४९६७०५१९

Email : activist.arun@gmail.com

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्