राप्ती सोनारीमा भएको सडक दुर्घटनामा दुईको मृत्यु

0
91

राप्ती सोनारी (अगैया), साउन ३२ : बाँकेमा सडक दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार बिहान राप्ती सोनारि गाउँपालिका वडा नं १ प्रेमनगर सिक्टामा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो। पश्चिम देखि पुर्व तर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी चौकी गाभरपुर अगैयाले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भएका बर्दिया का चेतन बोहोरा र प्रदिप चौधरी को उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो। उनिहरूको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले धरानका ट्रक चालक राकेस लिम्बू र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्