फत्तेपुरको मेहमानपुरमा प्रहरीको नयाँ भवन उद्घाटन

0
167

राप्तीसोनारी, जेठ ३१
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मेहमानपुरमा अस्थायी प्रहरी पोष्ट फत्तेपुर ‘ख’ को नवनिर्मित कार्यालय भवन आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले संयुक्त रुपमा भवन उद्घाटन गर्नु भएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारुको सभापतित्वमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रहरी प्रमुख ओम राना, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री लगायतले मन्तब्य दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले भवन निर्माणको काम सम्पन्न भएसँगै प्रहरीलाई शान्ति, सुरक्षा प्रदान गर्न थप सहज हुने बताउनु भयो ।

२०७० सालमा स्थापना भएको उक्त प्रहरी चौकीले लामो समयदेखी भवन अभावको समस्या खेप्दै आएको थियो । राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगबाट निर्मित भवन निर्माणको काम सम्पन्न भएपछि बर्षौदेखी कच्ची भवनमा बस्दै आएका प्रहरीलाई राहत मिलेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्