ट्रकले जेसीबीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु

0
351

बाँके (राप्ती सोनारी ) जेष्ठ १२-


पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी– २ सुखार खेलामा ट्रकले जेसीबीलाई ठक्कर दिँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । कोहलपुरबाट पूर्व तर्फ जाँदै गरेको रा १ क ७५२ नम्बरको जेसीबीलाई सोही दिशाबाट जाँदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकले बुधबार बिहान ११ बजेतिर पछाडीबाट ठक्कर दिँदा जेसीबी चालक राप्ती सोनारी– ४ का बल बहादुर चौधरी को घटना स्थलमै मृत्यु भएको हो ।

फोटोः बसन्त ओलीको फेसबुकबाट

जेसीबीका सहचालक राप्ती सोनारी ५ का हेमराज बस्नेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाईते बस्नेतको टाउको र खुट्टामा गहिरो चोट लागेको र उहाँको उपचारकालागि वेस्टर्न अस्पताल नेपालगञ्ज पठाईएको प्रहरी चौकी अगैयाले जानकारी दिएको छ । मृतकको शव पनि पोष्टमार्टमकालागि नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ । ट्रकले पछाडीबाट ठक्कर दिँदा जेसीबी सुखार खोला पुलबाट तल खसेको थियो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाईएको प्रहरी चौकी अगैयाले जनाएको छ ।

फोटोः बसन्त ओलीको फेसबुकबाट

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्