राप्तीसोनारी गाउँपालिकामा ८३ जना सक्रिय संक्रमित

0
300

बाँके (राप्तीसोनारी), बैशाख २४-


बाँकेको राप्तीसोनारी गाउँपालिकामा मात्र हाल ८३ जना सक्रिय संक्रमित रहेकाछन् । गाउँपालिका अन्तर्गत विभिन्न वडाका ८३ संक्रमित मध्य ४ जना मात्र आईसोलेसनमा र बाँकी सबै होम आईसोलेसनमा रहेको राप्ती सोनारी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो लहरको कोरोना भाईरसबाट राप्तीसोनारीमा ३ जनाको मृत्यु भईसकेको छ । हाल राप्ती सोनारी २ कचनापुरको आईसोलेसनमा ३ जना संक्रमित रहेको र एकजनालाई अक्सिजन दिएर उपचार गरिरहेको प्रमुख शर्माले बताउनुभयो । यस्तै राप्ती सोनारी ३ साहीपुरमा रहेको आईसोलेसनमा रहेका एकजना संक्रमितको स्वाथ्य अवस्था जटिल हुँदै गएपछि आजै भेरी अस्पताल नेपालगञ्जमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो । राप्ती सोनारी गाउँपालिकाले स्थानिय संक्रमितहरुको उपचारकालागि विभिन्न तिन स्थानमा आईसोलेसन स्थापना गरेको छ । वडा नम्बर ६ फत्तेपुर स्थापना गरिएको आईसोलेसनमा भने अहिले संक्रमित नरहेको प्रमुख शर्माले जानकारी दिनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्