आगलागी पीडितलाई राप्ती सोनारी गाउँपालिकाद्वारा राहात वितरण

0
142

बाँके (राप्ती सोनारी), बैशाख १५-


बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ नयाँ गाउँ र वडा नम्बर– १ खोकरीका आगलागि पीडितलाई आज राहात वितरण गरिएको छ । केही दिन अघि राप्ती सोनारी– १ खोकरी र वडा नम्बर– ८ को नयाँ गाउँमा आगलागि भएका पीडितलाई गाउँपालिकाको तर्फबाट उपाध्यक्ष धनी कुमारी खत्रीको नेतृत्वमा राप्ती सोनारी– ४ का वडा अध्यक्ष कान्छा थारु र वडा नम्बर– १ का वडा अध्यक्ष चन्द्र बहादुर ओलीले राहात वितरण गर्नुभएको हो ।

राहात सामाग्रीमा प्रति परिवार एक बोरा चामल, तिन किलो दाल, एक लिटर तेल, एक पोका नुन, दुई प्याकेट नमकिन, तिन प्याकेट भूजा, खाना पकाउने भाँडा सेट र खाना खाने थाल वितरण गरिएको छ । त्यसैगरी परिवार संख्या हेरेर ब्लाङ्केट, झुल, लगाउने कपडामा महिलाहरुलाई धोती, ब्लाउज तथा पुरुषहरुलाई टि सर्ट र हाप पाईन्ट वितरण गरिएको गाउँपालिका उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

गत आईतबार ५ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर – १ खोकरी निवासी बलिराम खुनाको घरमा आगलागि हुँदा उहाँको घरमा भएका अन्न बाली र गोठमा भएका बाख्रा जलेर क्षति भएको थियो । यस्तै गत सोमबार दिउँसो राप्ती सोारी– ८ नयाँ गाउँमा आगलागी हुँदा स्थानीय रंगीलाल थारू, नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भएको थियो । यसअघि राप्ती सोनाराी– ५ जुरपानीमा भएको आगलागि पीडितलाई गाउँपालिकाको तर्फबाट राहात बितरण गरिसकेको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्