राप्ती सोनारी क्षेत्रमा चन्दा आतंक मच्चाउने गिरोह सार्वजनिक

0
765

बाँके, चैत्र २२-


विगत एक हप्ता देखि राप्ती सोनारी क्षेत्रमा ज्वाला सिंह समूहको नाम बाट धम्क्याएर पैसा मागि आतंक मच्चाउने गिरोहलाई प्रक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको छ । ज्वाला सिंह समूहको नाम बाट फोन गरि रु। दुई लाख रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली परिचान गरि उक्त समूहको खोजलतास तथा निगरानी गर्ने क्रममा आफुलाई ज्वाला सिंह समूह भनि बताउने बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर४ सुर्यलालपुर वस्ने २४ बर्षिय विकास चौधरी, सोही ठाउँका ४१ बर्षिय मेघनाथ चौधरी, राप्ती सोनरी वडा नम्बर २ का ४० बर्षि भिम बहादुर भण्डारी र दाङ तुल्सीपुर उप महानगरपालिका वडा नम्बर१५ घर भई हाल नेपालगंज उप महानगरपालिका वडा नम्बर ४ सल्यानीबाग वस्ने २९ बर्षिय ज्योती प्रकाश चौधरीलाई पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

फोटोः जि.प्र.का, बाँके

गत शुक्रबार करिव दुई बजेको समयमा नेपालगंज उप महानगरपालिका वडा नम्बर २२ पुरैनीबाट पक्राउपरेका उनीहरुले लिएको चन्दा रु दश हजार सहित चन्दा रकम माग गर्न प्रयोग गरेको ९८२६५१८९२९ नम्बरको सिम सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ । उनीहरुले विभिन्न नम्बर बाट फोन गर्दै गाउँले सोझो ३ जना किसानहरुसंग ज्वाला सिंह समूहको नाम बाट ६ लाख रुपैयाँ मागेको पीडितले जानकारी दिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने मध्य राप्ती सोनारी ४ का विकास चौधरी नेपालगञ्जको न्यू रोडमा राप्ती खाजा घर सञ्चालन गरेको, मेघनाथ चौधरीको कृषि पेशा, दाङ तुल्सीपुरका ज्योती प्रकाश चौधरी नेपालगञ्जको सल्यानीवागमा बसेर ज्याला मजदुरी गर्ने गरेको र राप्ती सोनारी २ का भिम बहादुर भन्डारी पूर्व जनमुक्ति सेना रहेको र हाल अटो रिक्सा चालक रहेको प्रहरीले जनाएको छ

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्