चितुवाको छाला सहित राप्तिसोनारी – १ कुसुमबाट तिन जना पक्राउ

0
279

बाँके, फागुन १०–


बाँके प्रहरीले दई थान चितुवाको छाला सहित तिन जनालाई पक्राउ गरेको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका एरिया हुदै चितुवाको छालाको ओसारपसार भैरहेको सुचनाका आधारमा आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले तिन जनालाई पक्राउ गरेको हो । बाँके राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट पक्राउ परेका सल्यान बाघ चौर नगरपालिका –३ चौरपानीका ३१ बर्षिय जीतबहादुर डिसी, सल्यान कुमाख गाउँपालिका –३ का २४ बर्षिय हिमेन्द्र ओली र कुमाख गाउँपालिका –७ का २१ बर्षिय कमल डिसीलाई सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्म्लन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

फोटोः जिल्ला प्रहरी कार्यालय बाँके

बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार जीत बहादुरले दुई बर्ष अघि पासोमा पारेर चितुवालाई मारेका थिए । उक्त छाला नेपालगञ्जमा बेच्न आउँदा उनीहरु पक्राउ परेको एसपी रानाले बताउनुभयो । उक्त छाला नेपालगञ्जमा ल्याएर रु. ४० देखि ६० लाख सम्ममा बिक्री गर्ने कुरा भएको अनुसन्धानबाट खुल्नमा आएको एसपी रानाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाख देखि २५ लाख सम्म जरिवाना र १ बर्ष देखि १० बर्ष सम्म कैद सजाय हुन सक्ने एसपी रानाको भनाई छ ।

फोटोः जिल्ला प्रहरी कार्यालय बाँके


यसैवीच प्रहरीले दश लाख भरु रुपैयाँसहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट पैदल नेपालगञ्ज आउँदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दशलाख भारुसहित पक्राउ गरेको हो । खान नेपालमा पित्तलको धुलो खरिद गर्न आएको बुझिएको छ । यसैगरी नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुइ बौद्ध टोलबाट आज बाँके प्रहरीले १ लख ५० हजार रकम सहित ९ जुवाडे पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुइ बौद्द टोल स्थित भुट्टू मियाको घरमा जुवातास हुने गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालया नेपालगंजबाट खटिएको टोलीले जुवा खेल्दैगरेको अवस्थामा ९ जना जुवाडे सहित १ लाख ५० हजार १ सय ६५ रुपैया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाले बताउनुभएको छ ।

फोटोः जिल्ला प्रहरी कार्यालय बाँके

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्