राप्ती सोनारीमै पहिलो पटक गार्मेन्ट उद्योग सञ्चालन

0
235

बाँके (राप्ती सोनरी), पौष २६-


बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलो पटक गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । राप्ती सोनारी –३ बनघुस्री स्थित सञ्चालनमा आएको संगम गार्मेन्ट उद्योगको गाउँपालिका अध्यक्ष लाहुराम थारुले आईतवार एक समारोहकावीच उद्घाटन गर्नुभएको हो । गार्मेन्टको उद्घाटन गर्दै अध्यक्ष थारुले स्थानिय तहमा उद्योग सञ्चालन हुनुलाई वेरोजगारकालागि अवसरका रुपमा लिन आग्रह गर्नुभयो । गार्मेन्ट उद्योगले केही गर्न चाहने गृहिणी महिलालाई पनि स्वरोजगार बनाउन सक्ने विश्वास ब्यक्त गर्नु भयो । गार्मेन्ट उद्योग सँगै तीन महिने सिलाई कटाई तालिम समेत आईतवारदेखि सञ्चालन गरिएको छ । तालिममा सहभागी हुने महिलालाई अध्यक्ष थारुले ध्यान पूर्वक र सक्रिय सहभागिता जनाई सिकेको सीपलाई ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । परम्परागत डिजाईन मात्र नभएर फेसन अनुसारका कपडा तयार पार्न सक्नुपर्नेमा उहाँको जोड थियो ।

मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत सञ्चालित उद्योगमा सुरु भएको तालिममा २५ जना महिलालाई सहभागिता गराई सोही उद्योगमै रोजगारी दिईने उद्योगका निर्देशक संगिता थारुले बताउनु भयो । उहाले उद्योगमा लेडिज तथा जेन्सले लगाउने सिजन अनुसारको तयारी कपडा उत्पादन गरि विक्री गरिने जानकारी दिनु भयो । गाउँघरमै उद्योग सञ्चालनमा आएपछि गृहिणी महिलाहरु उत्साहीत भएको पनि उहाँले बताउनु भयो ।

कउद्योग सञ्चालक जुगराम थारुको सभापत्त्विमा भएको उद्घाटन समारोहमा बोल्दै लुम्वीनी प्रदेश मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम बाँकेका संयोजक जमुना चालिसेले ग्रामिण क्षेत्रका युवा तथा अल्पसंख्यक समुदायका परिवारलाई आय आर्जनमा सघाउन यस कार्यक्रम लागू गरिएको जानकारी दिनु भयो । बाँकेका सबै पालिका र सबै वडामा यस कार्यक्रम लागू गरिएको जानकारी दिँदै उहाँले स्थानियको माग अनुसारको अनुदान दिएर सहयोग गरिरहेकाले कार्यक्रम प्रभावकारी हुँदै गएको बताउनुभयो । यस्तै शुभकामना मन्तब्य ब्यक्त गर्दै घरेलु तथा सना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले स्वरोजगार हुन कुनै पनि विषयमा सीप सिक्नै पर्नेमा जोड दिनुभयो । घरको काम काज सँगै ब्यावसायिक बन्न चाहने गृहीणी महिलाकालागि सबै भन्दा उपयुक्त तालिम सिलाई कटाई रहेको उहाँले बताउनुभयो । सीप सिकेर उद्योगमा रोजगारी नपाए पनि आफै उद्यमी बन्न सकिने भन्दै उहाँले तालिममा सहभागी महिलालाई हौसला दिनु भयो । सन्तोष चौधरीले सहजी करण गरेको उद्घाटन समारोहमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर –३ का अध्यक्ष गंगाराम थारु, वडा नम्बर– १ का अध्यक्ष चन्द्र बशादुर वली, महिला उद्यमीसँघ बाँकेका अध्यक्ष सुमित्रा चौधरी, थारुहटका केन्द्रीय नेता पूर्ण चौधरी, समाजसेवी, तुलसी राम थारु, हेम कुमार डाँगीलगायतको सहभागिता थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्