समय परिवर्तनसँगै महिला हिंसाको स्वरुप पनि परिवर्तन

0
176

बाँके, मंसिर २०-


समय परिवर्तनसँगै हिंसाको स्वरुप पनि परिवर्तन हुँदै गएको एक कार्यक्रमका सहभागीले बताएकाछन् । शनिवार नेपालगञ्जमा आयोजित लैङ्गिक हिंसा न्युनिकरणमा मिडियाको भूमिका विषयक अन्तक्रियामा बोल्ने सहभागी पत्रकार महिलाले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघ बाँके, महिला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले पहिले महिलाहरुमाथि शारिरिक यातना बढी हुने भएपनि अहिले त्यो भन्दा गम्भीर मानिसिक यातनाबाट महिहरु पीडित भईरहेको बताउनुभयो । शासिरिक यातना बाहिर देखिने घाउ भएपनि मानसिक यातना कसैले नदेख्ने भएकाले त्यसले विस्तारै झन् गम्भीर घटना निम्त्याउन सक्ने उहाँले बताउनु भयो । ‘महिला माथि हिंसा किन हुन्छ ?’ विषयक कार्य पत्र प्रसतुत गर्दै उहाँले महिलाले आफुमाथि भईरहेको हिंसा पहिचान गरेर प्रतिकार गर्न थालेपछि हिंसा सुरु हुने बताउनु भयो ।

कार्यक्रममा सहभागी महिलालले लैङ्गिक हिंसा परिवारबाटै हुँदै आएको र पितृ सतात्मक सोंचका कारण हिंसा हुनबाट कुनै पनि महिला अछुतो नरहेको बताएका थिए । पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महिला सञ्चार सप्ताहिकका संपादक एवं वरिष्ठ पत्रकार महिला अछरी पोख्रेलले कतिपय महिलाले अझै हिंसा पहिचान गर्न नसकेर सहन बाध्य भएको बताउनु भयो । आफुमाथि हिंसा भएको महसुस भएमा तत्काल प्रतिकात्मक रुपमा प्रस्तुत हुने अभ्यास गरेमा केही मात्रामा हिंसालाई कम गर्न सकिने उहाँले सुझाव दिनु भयो । लामो समयदेखि पत्रकारिताकै यात्रामा सहकर्मी, समाज र परिवारवाट हिंसा भएको अनुभव सुनाउँदै उहाँले आफ्नो प्रतिकात्मक ब्यवहारबाट आफुमाथि हुने हिंसालाई न्युनिकरण गर्दै आएको जानकारी दिनु भयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ बाँकेमा आयोजना गरिएको कार्यक्रममा पत्रकारिता गरिरहेका महिलाले पनि घरपरिवारबाट विभिन्न मानसिक हिंसा खेप्दै आएको अनुभव सुनाएका थिए । समाजमा हिंसा न्यूनिकरणका लागि स्थानिय तहका उप प्रमुखसँग पनि छलफलको आवश्यकता महसुस गर्दै महासँघलाई पत्रकार महिला र जनप्रतिनीधि महिलावीचको अन्तरक्रिया कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुप गहतराजले महिला हिंसाका विषय वस्तु र सचार माध्यममा उठान गर्न सकिने विषयमा मासिक रुपमा एउटा छलफल आयोजना गर्नकालागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । पत्रकार महासंघ बाँकेका सदस्य पवित्रा परियारले सहजीकरण गरेको कार्यक्रममा जनजाति पत्राकार महासंघ बाँकेका उपाध्यक्ष विमला चौधरी, ठकुरी पत्रकार संघका अध्यक्ष करुणा शाह, पत्रकार निशु जोशी, रेजिना मल्ल, सरला सुवेदी, सविता जसी, सुमित्रा सुवेदी, सपना कुँवर, स्मृति देवकोटा, सपना कुँवर, तारा वली, केशु पोख्रेललगायतले बोल्नु भएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्