खजुरा क्यान्सर अस्पतालमा अप्रेशन सेवा शुरु, दुई दिन सम्म निशुल्क अपरेशन गरिने

0
109


बाँके , मंसिर ५-
बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शुक्रबारदेखि अपरेशन सेवा आरम्भ गरिएको छ । संघीय सांसद नन्दलाल रोकायले सेवा संचालनको व्यानर पढेर उदघाटन गर्दै संघीय सांसद नन्दलाल रोकायले तत्कालीन सबै पार्टीका नेतृत्वको इच्छाशक्ति र जनताको सहयोगमा क्यान्सर अस्पताल निर्माण भएको बताउनुभयो । उहाँले बाँके जिल्लाका प्रमुख समस्या र विकासको लागि सबै सांसद र स्थानीयतहका प्रमुख एकठाउँमा आउनु पर्ने बताउनुभयो । राजनीतिक संस्कार बोकेर जानुपर्ने भन्दै व्यक्ति हित नभई सार्वजनिक हितमा काम गर्नुपर्नेमा सांसद रोकायले जोड दिनुभयो ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्यक्ष सहभागिताबाट बनेको खजुरा गाउँपालिका प्रमुख तथा प्रखर परोपकार मिसनका अध्यक्ष किस्मत कुमार कक्षपति बताउनु भयो । उहाँले नेपाल सरकारको आफ्नो स्वायत्त गठन आदेशमा संघीय सरकार मार्फत सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अप्रेशन सेवा शुरु भएको अध्यक्ष कक्षपतिले जानकारी गराउनु भयो । मंसिर ५ गते सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्य प्रारम्भ भएको पछिल्लो दुईमहिना पुग्दै गर्दा यस अस्पतालको प्रमुख भागका रुपमा रहेको अप्रेशन सेवा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक कृष्णप्रसाद आचार्य बताउनु भयो । उहाँले हिस्टो प्याथोलोजि, स्त्री रोग, नाक कान घाँटीको बिषेशज्ञ ल्याई दैनिक सेवा बिस्तारको योजनामा रहेको समेत जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्त्व, बासगढी नगरपालिका मेयर सालिकराम अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति सदस्य चरित्रा शाह, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले शुभकामना राख्दा अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले हाल प्रदान गर्दै आएको सेवा बारे जानकारी गराउनुभएको थियो । अपरेशन सुभारम्भको पहिलो दिन तीन जना क्यान्सर सँग सम्बन्धित विरामी महिलाको सफल अपरेशन गरिएको अस्पतालका निर्देशक डाक्टर आचार्यले जानकारी दिनुभयो । शुभारम्भको अवसरमा शुक्रवार र शनिवार दुई दिन सम्म निशुल्क अपरेशन गरिने पनि उहाँले जानकारी दिनुभयो । अपरेशन सेवा सुभारम्भसँगै शुक्रवार अस्पताल परिसरमा रहेको मन्दिरमा विधिपूर्वक गणेशको मूर्ति पनि प्रतिस्थापन गरिएको छ । अव अपरेशन गर्नु भन्दा पहिले गणेशको पूजा गरेर मात्र गरिने अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्थापना गर्दा पनि ज्ञान महायज्ञ सञ्चालन गरिएकाले अपरेशन गर्नु पूर्व धार्मीक कार्य गर्नका लागि गणेशको मूर्ति प्रतिस्थापन गरिएको असपताल ब्यवस्थापन समितीले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्