डा. गोविन्द केसीको सर्मथनमा नेपालगन्जमा रिले अनसन

0
109


नेपालगन्ज, असोज २४-
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका माग पुरा गर्न दवाव दिदै नेपालगन्जका नागरिक अगुवाले आजबाट रिले अनसन सुरु गरेका छन् । नागरिक समाज बाँकेको संयोजनमा जिल्ला प्रशासन कार्यालयको मुल गेट बाँके अगाडी अनसन सुरु गरिएको हो । रिले अनसन अपरान्ह ५ बजेसम्म चल्ने अधिवक्ता बिश्वजित तिवारीले जानकारी दिनुभयो । सरकार डा. केसीको माग प्रति कत्तिपनि गम्भिर नभएकाले रिले अनसनमा बसेको उहाँले बताउनु भयो ।

रिले अनसनमा सामाजिक अभियन्ता एवम् अधिवक्ताहरु बिश्वजित तिवारी, बलबहादुर चन्द र जगदम्बा पाठक तथा पत्रकार जयसिंह केसी, ब्यवसायी ललितकुमार रौनियार र कृष्णादेवी पाण्डे सहभागी हुनु भएको छ । डा. केसी स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगती विरुद्ध पटक–पटक अनसन बस्दै आएपनि सरकार माग पुरा गर्न गम्भिर नबनेको नागरिक समाजले आरोप लगाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्