वन ब्यवस्थापन सम्बन्धमा अन्तरकृया

0
123

बाँके, असोज २३-


वन ब्यवस्थापन सम्बन्धमा बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्वर ८ सम्शेरगन्जमा आज पत्रकारहरुसंग अन्तरकृया कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय बाकेको आयोजनामा उक्त अन्तरकृया गरिएको हो । अन्तरकृया कार्यक्रममा डिभिजन वन कार्यालय बाकेका प्रमुख राजु क्षेत्रीले वैज्ञानिक वन ब्यवस्थापन, चक्ला वन ब्यवस्थापनका विषयमा जानकारी गराउनु भएको थियो ।

क्रममा वैज्ञानिक वन ब्यवस्थापन संजाल तथा सामुदायिक वन उपभोक्ता महासंघ राप्तीसोनारीका अध्यक्ष कृष्ण केसीले वैज्ञानिक वन उपभोक्ता समुहले संरक्षणका गतिविधि गरिरहेपनि कार्ययोजना अनुसार दुई वर्षदेखि रुख ब्यवस्थापन गर्न नपाएको गुनासो गर्नुभयो । सोही क्रममा क्रममा राप्तीसोनारी( २ र ८ मा रहेका वैज्ञानिक वनको अवलोकन गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष ठाकुर सिंह थारु, नेपाल प्रेस युनियन बाकेका अध्यक्ष अर्जुन ओली, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली लगायत बाकेमा कृयाशिल पत्रकार, वन उपभोक्ता समुहका पदाधिकारी, वन कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्