कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको काम, काज प्रभावित

0
80

बाँके,(राप्ती सोनारी) असोज २१-


कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि राप्ती सोनारी गाउँपालिकाको काम, काज प्रभावित बनेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत एक जना कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । गाउँपालिकाकै कर्मचारीमा कोरोना भाइरस देखिएपछि अन्य कर्मचारी र सेवाग्राहीलाई पनि भाइरस सर्न सक्ने आशंकामा कार्यालयको कामकाज आंशिक रुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक अन्य सेवाग्राहीलाई दिनुपर्ने सेवा सञ्चालन नगरिएको उहाँले बताउनु भएको छ । महामारी नियन्त्रणमा नआउँदासम्म केही दिनसम्मका लागि कार्यालयको कामकाज आंशिक रुपमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भएको छ । कार्यालयको प्रशासनिक काम प्रभावित भएपनि जनप्रतिनिधीले जनताका अन्य कामलाई जारी राख्ने उहाँको भनाई छ । यसअघि पनि जनप्रतिनिधीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि राप्ती सोनारी गाउँपालिका कार्यालय शिल गरिएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्