तीनवटा घटनामा संलग्नहरुलाई पक्राउ गरि बाँके प्रहरीद्वारा सार्वजनिक

0
167

बाँके, असोज २१-


बाँके प्रहरीले विभिन्न तीनवटा घटनामा संलग्न रहेका ब्यक्तिहरुलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ । प्रहरीले हातहतियार ओसारपसार गर्ने, जंगली जनावर मार्ने तथा शरिर बन्धक बनाउने जस्ता विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । संरक्षित जंगली जनावर चित्तल मारेको आरोपमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ बर्षिय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २८ बर्षिय अन्जन हमाललाई रंगेहात पक्राउ गरेको छ । मंगलबार बेलुका बाँकेको राप्तीसोनारीबाट चित्तल मारेर नेपालगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरबाट नेपालगन्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्तीनदी पुलबाट पक्राउ परेका हुन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ कुण्डाचोकमा चित्तल मारेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले भे ८ प ५४६५ नम्बरको मोटरसाईकलमा बोकेर ल्याएको चित्तल फेला पारेको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिनुभयो । पोथी जातको उक्त चित्तलको तौल करिव २५÷२६ किलो रहेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी रानाले बताउनु भयो । दुबै जनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ । उक्त ऐन अनुसार १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।
यसैविच कटुवा पेस्तोल सहित बाँकेको नरैनापुरबाट २ जना पक्राउ पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरका ६२ बर्षिय सलिम नाँउ र वडा नम्बर १९ बासुदेबपुर निवासी ३३ बर्षिय ईब्राहिम बेहना पक्राउ परेका हुन् । नरैनापुर गाउँपालिका वडा नम्बर ५ सर्बराजपुरुवा स्थित हुलाकी सडक खण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो । सो क्रममा दुबै जनाले शंकास्पद प्लाष्टिकको बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोलेर हेर्दा सो भित्र रहेको दुई थान कटुवा पेस्तोल र सलिम नाउँले लगाएको स्टकोटको खल्तीमा ५ राउण्ड गोली फेला पारिएको प्रहरीले जनाएको छ । दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् एसपी ओम रानाले जानकारी दिनुभयो । अभियुक्त दुबैलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँ सम्म जरिवाना हुन सक्ने उहाँले बताउनु भयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । भारतको उत्तरप्रदेश राज्यको गौतम बुद्ध नगर थाना बदालपुर दुजाना भन्ने ठाउँमा बन्धक बनाइ राखिएकी बर्दियाकी १७ वर्षीया किशोरीलाई उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीले अपहरणमा संलग्न बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ वर्षीय मुकेश यादव र ५५ वर्षीय हरिराम अहिरलाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न बढैयाताल ७ कै ३५ वर्षीय अगलेश यादव फरार रहेको प्रहरीले जनाएको छ । गएको साउन २ गते घरमा किशोरी एक्लै भएको र घरपरिवारका सदस्यहरु रोपाइँ गर्न खेतमा गएको मौका छोपी पीडित किशोरीलाई डर, त्रास देखाइ अपहरण गरी भारत पु¥याइएकोमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अपहरणमुक्त गराएको जानकारी दिएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्