बिद्युतीकरणका लागि दवाव दिन संघर्ष समिति गठन

0
238

बाँके(राप्तीसोनारी), असोज १९-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ तथा नरैनापुरको अलपत्र बिद्युतीकरणको काम यथाशिघ्र सञ्चालनका लागि दवाव दिन संघर्ष समिति गठन गरिएको छ । पुर्वसभासद पट्टु थारुको संयोजकत्वमा ९६ सदस्यीय ‘राप्तीसोनारी र नरैनापुर गाउँपालिका बिद्युत बिस्तार संघर्ष समिति’ सोमबार गठन गरिएको हो । समितिको सह–संयोजकमा डिल्ली ओली र सबिर खाँ तथा सचिवमा तुलसीराम थारु रहनु भएको छ ।

यस्तै भेलाले सचिवालय समिति र सल्लाहकार समिति पनि चयन गरेको छ । सचिवालय समितिको संयोजकमा पट्टु थारु र सह–संयोजकमा डिल्ली ओली र सबिर खाँ तथा सदस्यमा शंकर महतरा र तुलसी थारु रहनु भएको छ । यसैगरी सल्लाहकार समितिको संयोजकमा चिमबहादुर घर्ती तथा सदस्यमा प्रमोदकुमार यादव र हेमन्त चौधरी रहनु भएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा बिद्युतीकरण वितरण लाईन विस्तारका लागि २०६९ सालमा बिद्युत प्राधिकरण र ठेकेदारबीच ठेक्का सम्झौता भएपनि ९ वर्षसम्म कुनै काम सुरुवात नगरेपछि प्राधिकरणले सो टेण्डरलाई रद्ध गरी काम आफै अगाडी बढाउन खोजेको थियो । प्राधिकरणको उक्त कदमविरुद्ध ठेकेदार ‘उष्मा/गौरी पार्वती जेभी’ कम्पनीले मुद्दा दायर गरेपछि काममा अन्यौलता छाएको छ ।

भेलाले उक्त मुद्दालाई यथाशिघ्र खारेज गरी बिद्युत प्राधिकरणद्धारा छिटो छरितो बिद्युत सेवा उपलब्ध गराउन ज्ञापन पत्र बुझाउने निर्णय गरेको राप्तीसोनारी–४ का स्थानीय बासिन्दा हुमाशंकर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज २२ गतेका दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा पर्ने पुर्व–पश्चिम राजमार्गमा दिउँसो १२ बजेदेखी २ बजेसम्म सांकेति बिरोध प्रर्दशन गरी राजमार्ग बन्द गर्ने र बन्दका क्रममा यस क्षेत्रका सम्पुर्ण उपभोक्तालाई सहभागिताका लागि आब्हान गर्ने निर्णय पनि भएको छ । यसैगरी असोज २३ गतेका दिन तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास अगाडी प्लेकार्ड तथा ब्यानरसहित धर्ना गर्ने र अदालतले उपभोक्ताको हितमा मुद्दा खारेज नगर्दासम्म राप्तीसोनारी २ अगैयामा पर्ने पुर्व–पश्चिम राजमार्गमा अनिश्चितकालिन बिरोध प्रर्दशन गर्ने निर्णय पनि भेलाले गरेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्