बँदेल मार्न बिच्छ्याईएको करेन्टमा परि युवकको मृत्यु

0
314

बाँके, (राप्ती सोनारी) भदौ १६

बाँकेको राप्ती सोनारी गाउापालिका वडा नम्बर २ महेन्द्रपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धान खेतमा जंगली बँदेल मार्न बिच्छ्याईएको करेन्टमा परि सोमबार राति सवा १० बजे महेन्द्रपुर निवासी २१ बर्षिय तिलक थारुको मृत्यु भएको हो ।

करेन्ट बिच्छयाईएको बारे उनलाई जानकारी नभएको र राति खेतमा माछा मार्न जाँदा करेन्टमा परेको कचनापुर प्रहरी चौकीले जनाएको छ । मृतकको शव पोष्टमार्टमकालागि भेरी अस्पताल नेपालगञ्ज पठाईसकिएको कचनापुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हुम बहादुर विकले जानकारी दिए । बँदेलले धान खाएर नष्ट गर्नथालेपछि स्थानियवासीहरुले बिजुलीको पोलबाट सिधै खेतमा तार तानेर करेन्ट बिच्छयाएकाले यसतो घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्