संसदीय टोलीद्धारा राप्तीसोनारीका वैज्ञानिक वन अनुगमन

0
194

बाँके(राप्तीसोनारी), असार २५-
राप्ती सोनारी गाउँपालिका क्षेत्रमा रहेका वैज्ञानिक वनको संसदीय टोलीले अनुगमन गरेको छ । संघिय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्र्तगत गठित वैज्ञानिक वन ब्यवस्थापन अनुगमन उप–समितिले स्थलगत अनुगमन गरेको हो । उप–समितिका संयोजक एवम् सांसद शान्ता चौधरीको नेतृत्वमा रहेको उक्त टोलीमा सांसदद्धय सत्यनारायण शर्मा(खनाल) र राजबहादुर बुढाक्षेत्री रहनु भएको छ । उक्त टोलीले कञ्चनपुर, कैलाली, बर्दिया हुदै बाँकेमा आएर अनुगमन गरेको हो । टोली राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा रहेका वैज्ञानिक वनको स्थलगत अनुगमन गरेर दाङतर्फ प्रस्थान गरेको छ ।

संसदीय टोलीले बाँकेका विभिन्न सरोकारवाला पक्षसँग छलफल समेत गरेको छ । टोलीलाई बाँकेमा रहेका वैज्ञानिक वनहरु सरकारको नीति, निर्देशन र समुहको कार्ययोजना अनुसार चलिरहेको सुझाव दिइएको छ । सो क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता निरक गुरुङ, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेस बाँकेका सचिव एवम् अशोक सामुदायिक वन उपभोक्ता समुह कचनापुरका उपभोक्ता तप्त पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नन्द विश्वकर्मा, महासंघ राप्तीसोनारीका उपाध्यक्ष मदन बुढा, नेपाल वन पैदवार उद्योग ब्यवसायी संघका अध्यक्ष सुरेश चन्द, पत्रकार कृष्ण अधिकारी, लाली गुँरास सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मेघराज उपाध्याय, जयदुर्गा भवानी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष सुकलाल बोहरा लगायतले वैज्ञानिक वनको अवधारणा र सिद्धान्त राम्रो रहेको बताउँदै सरकारले बरु अझ ब्यवस्थित गर्नुपर्ने सुझाव दिनुभयो ।

सो क्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले वैज्ञानिक वनको अवधारणा र वन संरक्षणमा अवलम्वन गरिएको रणनीति तथा कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा ३, वडा नम्बर २ मा ११ र वडा नम्बर ३ र ४ मा १/१ वटा वैज्ञानिक वन समुदायमार्फत ब्यवस्थापन गरिएको छ । यस्तै राप्तीसोनारी २ को राष्ट्रिय वनमा पनि डिभिजन वन कार्यालयमार्फत वैज्ञानिक वन ब्यवस्थापन गरिएको छ । कार्यालयका अनुसार राष्ट्रिय वनमा २ हजार ५ सय ७८ हेक्टर र सामुदायिक वन समुहमार्फत ४ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन ब्यवस्थापन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वैज्ञानिक वनबाट बाँकेमा बार्षिक रुपमा ४५ हजार ५ सय क्वीफिट काठ र १ सय ५० चट्टा दाउरा उत्पादन हुन्छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्