डेढ बर्षिया वालिका सहित बाँकेमा १४ संक्रमित थपिए

0
353

बाँके, असार ५-


बाँकेमा फेरी ठुलो सँख्यामा कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगन्जमा शुक्रबार गरिएको पीसीआर परिक्षणमा दुई जना महिला सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु राप्तीसोनारी र बैजनाथ गाँउपालिकाका हुन् ।

भेरी अस्पतालले शुक्रबार बेलुका सार्वजनिक गरेको विवरणमा राप्तीसोनारी गाँउपालिका ३ का डेढ वर्षिय बालिकासहित ४० वर्षिय पुरुष तथा ८ नं. वडाका १९ देखी ५० वर्ष उमेर समुहका ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको बताईएको छ । त्यसैगरी बैजनाथ गाउँपालिका २ का दुई पुरुष, ३ का दुई पुरुष, ५ का एक महिला र एक पुरुष तथा वडा नं। ६ का ९ वर्षिय बालकमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । यसैगरी बर्दिया गुलरियाका ४ जना पुरुष, बढैयाताल गाउँपालिकाका दुईजना पुरुष र बर्दिया गेरुवाका एकजनामा असपतालले संक्रमण पुष्टि गरेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्