सिक्टा ब्यारेजको पुलबाट ट्याक्टर खस्दा बेपत्ता चालकको शव भेटियो

0
289


निर्मला चौधरी / पूर्णकला खत्री
बाँके, (राप्ती सोनारी )असार २


सिक्टा सिंचाई ब्यारेजको पुलबाट राप्ती नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका चालकको शव पनि फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार मध्यान्ह १२ बजे ट्याक्टर खसेकै स्थानमा राप्ती सोनारी ३ भगौतीपुरका १७ बर्षिय सुनिल चौधरीको शव फेला पारेको हो । बाँकेको राप्ती सोनारी गाउँपालिका २ अगैयास्थित राप्ती नदीमा निर्माण भएको ब्यारेजको पुलबाट सोमबार ट्याक्टर खस्दा चालक सहित दुई जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका भगौती पुरकै २४ बर्षिय चूर्ण बहादुर चौधरीको शव सोमबार अप्राहान्ह फेला परेको थियो । चुर्ण बहादुरको शव सोमबार नै पोष्ट मार्टम गरेर परिवारलाई बुझाईएको र चालक सुनिलको शव पनि पोष्ट मार्टमकालागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी भईरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरिक्ष राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । खोला जन्य बस्तु ओसारपसारमा प्रयोग भएको ना ७ त ५१८ नम्बरको ट्याक्टर सोमबार दिउँसो सवा १ बजेतिर राप्ती सोनरी ३ बाट अगैया तर्फ जाादै गर्दा अनियन्त्रित भई ब्यारेजको रेलिङमा ठोकिएर एक सय मिटर तल नदीमा खसेको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्