सिक्टा सिचाइँ आयोजनाको ब्यारेजमा खस्यो ट्याक्टर

0
637

निर्मला चौधरी

बाँके(अगैया), असार १-
बाँकेको अगैयास्थित सिक्टा सिचाइँ आयोजनाको हेडवर्कस्मा ट्याक्टर खसेको छ । केहीबेर अघि ट्याक्टर खसेको प्रहरीले जनाएको छ । हेडवर्कस्मा खसेको ट्याक्टर र ट्याक्टरमा सवार ब्यक्तिको अवस्था पत्ता लागेको छैन । ट्याक्टरमा के कति सवार थिए, भन्ने बारे केही खुलेको छैन । ट्याक्टरले पुल छेउको भागलाई भत्काइदिएको छ । विस्तृत समाचार आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थलमा अहिले ठुलो संख्यामा मानिसहरु जम्मा भएका छन् । ट्याक्टर खसेपछि खोजी कार्यका लागि गोताखोर टोलीलाई बोलाइएको प्रहरी चौकी अगैयाका इन्चार्ज एवम प्रहरी सहायक निरीक्षक राजेन्द्र बस्नेतले बताउनु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्