सिक्टाको मुख्य बाँधबाट ट्याक्टर खस्यो, दुईजना बेपत्ता

0
529

निर्मला चौधरी
राप्ती सोनारी, अशाढ १-

बाँकेको अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधबाट टयाक्टर नदीमा खसेर दुईजना बेपत्ता भएकाछन् । ट्याक्टरसँगै त्यसमा सवार दुईजना नदीमा खसेर बेपत्ता भएका र एकजना भने आफै पौडी खेलेर बाँच्न सफल भएको अस्थायी प्रहरी चौकी अगैयाले जनाएको छ । ना ७ त ५१८ नम्बरको टयाक्टर बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ आउँदै गर्दा पुलको बीचभागबाट आफै उछिट्टिएर नदीमा खसेको प्रत्यक्ष दर्शीले बताएकाछन् ।

ट्याक्टर ठोकिएर बाँधको ४ वटा रेलिङ भाँचिएको बताईएको छ । बाँधको ढोका तर्फ ट्याक्टर खसेको र पानीको सतह गहिरो भएकाले खसेकै स्थानमा टयाक्टर अड्किएको हुन सक्ने अस्थायी प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरक्षक राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । बाँकेको समशेरगञ्जबाट शसस्त्र प्रहरीको गोताखोर टोली भर्खरै मात्र घटनास्थलमा पुगेर खेजीकार्य सुरु गर्नलागेको प्रहरी सहायक निरक्षक बस्नेतले बताउनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्