बाँकेमा १९ संक्रमित थपिए

0
74

बाँके, जेठ ३१-

बाँकेमा शुक्रबार १९ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको पीसीआर परिक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना गरि ४२ जनामा कारोना संक्रमण देखिएको हो ।

बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ५ का तिन जना पुरुष, वडा नं. ९ का एक पुरुष र एक महिला तथा वडा नं.८ का १० जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनिहरु सबै २० देखि ६० वर्ष उमेर समुहका रहेका छन । त्यसैगरी बाँकेकै खजुरा गाँउपालिका १ का २३ र ४० वर्षिय पुरुष तथा खजुरा ६ का ३० वर्षिय पु्रुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । यो सङ्गै बाँकेमा हालसम्म संक्रमित हुनेको संख्या ३ सय १५ पुगेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्