चौतर्फी दवावपछि बाँकेमा मलखाद उपलव्ध गराईदै

0
179

बाँके,जेठ ३० –

कृषि सम्वद्ध सरोकारवालासँगको आवश्यक सम्वाद सहजीकरणपछि बाँकेमा मलखाद उपलव्ध गराईदैछ । खेतीको मौसम शुरु हुनै लाग्दा पनि मलखादको सहज उपलव्धता नभएपछि सम्वाद समूह बाँकेले एक हप्ता अघि सरोकार पक्षसँग सम्वाद गरेको थियो । बढ्दो कोरोना (कोभिड१९) संक्रमण, लगातारको लकडाउनका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै समूहले बाँकेस्थित कृषिसँग सम्वद्ध निकाय र जिम्मेवार अधिकारीबीच आवश्यक सम्वाद गरि उचित पहलकदमीको प्रक्रिया शुरु गरेको हो । युरिया मलका लागि बर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानहरुलाई यस वर्ष पनि थप कष्ट व्यहोर्न नपरोस् भन्ने उद्येश्यले सम्वाद गरिएको हो । आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ । धानबाली सपार्न मुख्य गरी रासायनिक मलको आवश्यक्ता पर्दछ । मलखादको मौज्दात सकिएकाले तत्काल व्यवस्थापन गर्न नसकिए धान लगायतको उत्पादन घटने सम्वद्ध अधिकारीले जीकीर गरेपछि मलखाद तत्काल व्यवस्था गर्न पहल गर्ने कार्यक्रममा प्रतिवद्धता व्यक्त गरिएको थियो । सम्वाद सहजीकरणपछि सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लि नेपालगञ्जले शुक्रबारदेखि मलखाद विक्रीवितरण प्रक्रिया शुरु गरेको छ । चौतर्फी दवाव र आवश्यक सहजीकरणपछि ठेकेदारमार्फत भैरहवाबाट मलखाद ल्याइएको हो ।


कृषि सामग्री कम्पनी लि नेपालगञ्जका प्रमुख रमेश पौडेलले ७३ मेट्रीक टन यूरिया र ९७ मेट्रीक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकोले वितरण प्रक्रिया शरु गरिएको जनाउनु भयो । वर्षाका लागि अझैं २४ सय मेट्रीक टन यूरिया, सात सय मेट्रीक टन डिएपी आवश्यक रहेको उहाँले बताउनु भयो ।लकडाउनकाकारण कलकतामा अलपत्र परेको १२ हजार पाच सय मेट्रीक टन डीएपी भित्रयाउने प्रक्रिया शरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगीसक्ने दाबी गर्नु भयो । यूरिया भने भारतको गुजरातमै रहेकाले अझैं समय लाग्ने बताइएको छ । शाखा प्रवन्धक पौडेलका अनुसार–बाँकेमा वार्षिक छ हजार मेट्रीक टन यूरिया र तीन हजार डिएपी आवश्यक रहने गर्दछ ।


शुक्रबारदेखिनै मलखाद दामासाहीका आधारमा सहकारीलाई वितरण गरिने शाखा प्रवन्धक पौडेलले जानकारी दिनु भयो । सम्वादको सहजीकरणपछि मलखाद आपुर्ती भएको भन्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले मलखाद विक्री वितरण सहज बनाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने बताउनु दिनुुभयो ।
बाँकेमा कृषि सामाग्री कम्पनी लि सँग आवद्ध एक सय २० वटा सहकारीमार्फत मलखाद विक्री हुँदै आएको छ भने साल्ट साल्ट टे«डिङ कर्पोरेशनले ६६ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले मलखाद अभाव हुन नदिन आवश्यक थप पहल गरिने विश्वास दिलाउनु भयो । (कोभिड १९) को संक्रमणका कारण जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड/अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा आउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाउँदै आएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्