राप्तीसोनारीमा नयाँ १४ संक्रमित थपिए

0
236

बाँके, जेठ २०-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा मंगलबार एकैदिन १४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार वडा नम्बर ७ निवासी वर्ष १७, २४, १८, १६, ३५, २१, २६, २०, १८, ३६, ३९, १६, ३५ र ४५ का १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ६ का २० र ४० वर्षका पुरुष तथा खजुरा गाउँपालिका वडा नम्बर १ का २२ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या कुल २ सय १३ पुगेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्