राप्तीसोनारीको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ को मृत्यु

0
182

राप्तीसोनारी (बाके), जेठ १९-

बाकेको राप्तीसोनारी २ स्थित पुर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २२ जना घाइते भएका छन । भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिनुभयो। घाइते सबैको भेरी अस्पतालमा उपचार भैरहेको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्