वडाअध्यक्ष बस्नेतको सक्रियता : नाकाबाट ५६ जना नेपालीको उद्वार

0
130

राप्तीसोनारी, जेठ ८-

भारतको विभिन्न स्थानबाट फर्कीएर रुपैडिहा हुँदै नेपालगन्जस्थित सिमा नाकामा अलपत्र परेका राप्तीसोनारीका स्थानीयको उद्दार गरिएको छ। उक्त नाकाबाट राप्तीसोनारी गाउँपालिकाका ५६ जना स्थानीयको उद्वार गरिएको हो । वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेतको विशेष सक्रियतामा बुधबार राती उद्वार गरिएको हो । उद्वार गरिएका सबैलाई शम्शेरगन्जको क्वारेन्टाइनमा राखिएको बस्नेतले रेडियो भुवर भवानीलाई जानकारी दिनुभयो । कोरोना महामारीसगै लकडाउनले झनै समस्यामा परेपछि उनीहरु नेपाल फर्किएका हुन् ।
उनीहरु आएकै दिन नाका पुगेर उद्वारको प्रयास गरेपनि प्रशासनले अनुमती नदिदा बस्नेत निराश भएर फर्किनु भएको थियो ।

पाँच दिनसम्म सिमामा अलपत्र परेका नेपाली नागरिकलाई बुधबार भने नेपाल भित्र्याउन सफल भएको बस्नेले बताउनु भयो । स्थानीय प्रशासनले ढिलै भएपनि नेपाल भित्रिन दिएर सहयोग गरेकोमा उहाँले आभार व्यक्त गर्नु भयो । अहिले राप्तीसोनारी वडा नम्बर ७ मा ४८ ,वडा नम्बर ५ मा ५ र वडा नम्बर ८ को शम्शेरगन्ज क्वारेन्टाइनमा ४  जनालाई राखिएको छ । अध्यक्ष बस्नेतका अनुसार बुधबार राती ल्याइएका ५६ जना मध्ये २७ जनालाई शम्शेरगन्ज क्वारेन्टाइन तथा ५ जनालाई ढकेरीमा र बाकी वडा नम्बर ७ को क्वारेन्टाइनमा पठाइएको छ।

त्यस्तै शम्शेरगन्ज क्वारेन्टाइनमा रहेका २७ मध्ये ९ जनालाई वडा नम्बर २ मा पठाइने भएको छ।
वडा नम्बर ७ को क्वारेन्टाइनमा रहेका सबै नरैनापुरको बाटो भएर आएका हुनाले तत्काल पिसीआर परिक्षण गर्न र अरु सबै क्वारेन्टाइनमा रहेकाहरुपनि भारतबाट आएको हुनाले उच्च जोखिमबाट बच्न सबैको परिक्षण गरिदिन अध्यक्ष बस्नेतको माग छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्