क्वारेन्टाईनमा बस्दै आएका एक जनाको निधन

0
124

बाँके, जेठ ४-

बाँकेको नरैनापुरस्थित क्वारेन्टाईनमा रहेका एकजनाको मृत्यु भएको छ । नरैनापुरस्थित दिपेन्द्र प्रावि भोज भगवानपुरमा रहेको क्वारेन्टाईनमा बस्दै आएका २५ बर्षिय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वाथ्य शाखाका प्रमुख मोइन खाँ ले जानकारी दिएका छन् । मृतक युवा बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाईनमा बसेको बताईएको छ । उनलाई शनिवार कुनै लक्षण नदेखिएपनि गएराति ३ बजे वान्ता हुनुका साथै एक्कासी जोरो देखिएको र विहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको खाँ ले बताए ।

जिल्ला स्वाथ्य कार्यालय बाँकेको टोलीले ती युवा सहित नरैनापुरबाट हिजो मात्र २६३ जनाको स्वाव संकलन गरेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएकाछन् । नरैनापुरमा ८ जनामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेकाो भनिएका ३ सय ५ जनाको स्वाव संकलन गर्ने स्वास्थ्य कार्यालयले जनाईसकेको छ । स्वाब परीक्षण रिपोर्ट नआएका कारण अहिलेनै ती युवकको निधन के कारणले भयो भन्ने टुङ्गो नलागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खाँ बताए। स्वाथ्य शाखाका प्रमुख खाँका अनुसार अहिले युवाको शव क्वारेन्टाईनमा रहेको छ । यस विषयमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आफुलाई विहान मात्र खवर आएको र घटनास्थल पुगेर जानकारी लिईरहेको बताएकाछन् । क्वारेन्टिनमा रहेका ती युवकको एक्कासी मृत्यु भएको खबरपछि नेपालगन्जबाट स्वास्थ्यकर्मी सहितको सुरक्षाकर्मी र सरोकारवालाको टोली पनि त्यसतर्फ प्रस्थान गरिसकेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्