नरैनापुरका संक्रमित सबैलाई दाङ पठाइयो

0
79

बाँके, जेठ २-
बाँकेको नरैनापुरमा फेला परेका कोरोना संक्रमित सबैलाई दाङ पठाइएको छ । भारतबाट फर्केका मध्ये ४५ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । एम्बुलेन्समार्फत उनीहरुलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको हो । नरैनापुर गाउँपालिका अध्यक्ष शाहले संक्रमित सबैलाई एम्बुलेन्समार्फत दाङको आइसोलेसन अस्पतालमा पठाइएको बताउनु भयो । ‘नेपालगन्जबाट एम्बुलेन्स ल्याएर आठै जनालाई दाङ पठायौं, उनीहरु अब निको नहुँदासम्म आइसोलेसनमै बस्नेछन्,’ अध्यक्ष शाहले भन्नुभयो । कोरोना संक्रमित दाङ पठाउने क्रममा नरैनापुर गाउँपालिका अध्यक्ष शाह आफै खटिनु भएको थियो । उहाँको विशेष सक्रियताका कारण संक्रमितलाई दाङ पठाउन सम्भव भएको हो ।

संक्रमित ब्यक्ति केहीदिन यता क्वारेन्टाइनमा बस्दै आएका थिए । बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि दाङको अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोना भाइरस पोजिटिभ भएका ब्यक्ति नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षका रहेको बताइएको छ । भेरी अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमित ब्यक्तीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्