भारतले सिमा मिचेर सडक बनाएको बिरोधमा कोहलपुरमा प्रदर्शन

0
186

कोहलपुर, बैशाख २७-


बाँकेको कोहलपुरमा भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा प्रदर्शन भएको छ । कोहलपुरका युवा व्यापारिहरुको एउटा समूहले प्रदर्शन गरेको हो । कोहलपुरको न्यूरोडदेखी सुरु भएको विरोध र्‍यालि चौराहा पुगेर सम्पन्न भएको थियो ।
कोण सभामा बोल्दै व्यापारि लक्ष्मणराज पौडेलले भारतले नेपाली भूमी अतिक्रमण गर्न नपाईने भन्दै भारतका विरुद्ध सबै नेपाली एक हुनु पर्ने बताउनु भयो । साथै नेपाली भूमिको रक्षा गर्न नेपाली तयार रहेको बताउनु भयो । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला सामाजिक दुरि कायम गरि विरोध र्‍याली निकालिएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्