नेपालगन्जमा थप एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टी

0
153

बाँके, बैशाख २६-

शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज फेला परेका १६ बर्षीय युवा पनि नेपालगन्ज उपमहानरपालिका वडा नं. ८ कै रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तर उनमा कसरी कोरोना संक्रमण भयो भन्ने बारेमा थप पत्ता लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । याे सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषकाे संख्या ७४ छ भने २८ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ। प्रदेश नम्वर एकमा ३१, प्रदेश दुईमा ३०, बागमतीमा ७, गण्डकीमा २, प्रदेश पाँचमा २७, सुदुर पश्चिममा ५ जना संक्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रिमत देखिएका छैनन्। 

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्