सात जना थपिएसँगै नेपालगन्जमा संक्रमितको सख्या २३ पुग्यो

0
47

बाँके, बैशाख २३-

नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पुष्टी भएको हो। जो नेपालगन्ज ८ निवासी वर्ष २२, ३०, ४० का तीन जना पुरुष र वर्ष ९, ३२, ३४ र ३५ का महिला छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। यो सँगै संक्रमितको संख्या ८२ पुगेको छ। यो संगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले कुल ९४ वटा स्वाब परिक्षण गर्दा २२ जनामा पोजिटिभ देखिएको जानकारी दिनुभयो । यसअघि नेपालगन्ज ७ का ६० बर्षिय ब्यक्तिमा संक्रमण पुष्टी भएको थियो । नेपालगन्जमा मात्रै संक्रमित २३ पुगेका छन् ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्