नेपालगन्जलाई गरियो निषेधित क्षेत्र घोषणा

0
47

बाँके, बैशाख २२-
नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालगन्जमा सोमबार बसेको सर्बदलिय र सर्बपक्षिय बैठकले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रमणलाई न्युनिकरण गर्न संक्रमितहरुको कन्ट्रयाक्ट टे«सिङ र स्वाब परिक्षणलाई प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधित क्षेत्र घोषणा अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कन्ट्रयाक्ट टे«सिङसहित स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । सबै संक्रमितको ब्यापक रुपमा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र टे«ेसिङबाट पहिचान गरिएका सम्भावित ब्यक्तिको स्वाब परिक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ । पोजिटिभ(संक्रमण)देखिएका ब्यक्तिहरुलाई सुरक्षित रुपमा तत्काल आइसोलेसन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ आएका ब्यक्तिलाई सुरक्षाको उच्च निगरानीसहित होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रजिअ खड्काले बताउनु भयो ।

आफ्नो क्षेत्र सुरक्षित पार्ने बहानामा कुनैपनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य कोही कसैले पनि गर्न नपाउने र त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको प्रजिअ खड्काले बताउनु भएको छ । विभिन्न सामाजिक सञ्जाल र मिडियामा तथ्यहिन, भ्रमपुर्ण र सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने खालको सामाग्री प्रकाशन, प्रशारण र पोष्ट गर्ने ब्यक्तिलाई पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने पनि सर्बदलिय तथा सर्बपक्षिय बैठकले निर्णय गरेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्