सामुदायिक वनका उपभोक्तालाई जनमुखीको राहत

0
117

बाँके(राप्तीसोनारी), बैशाख १८-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ माथेवासस्थित जनमुखी सामुदायिक वन समुहले आफ्ना उपभोक्तालाई राहत वितरण गरेको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टोपेन्द्र खड्काका अनुसार समुहभित्र रहेका १ सय ७० घर परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ पोका तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि वन समुहमा आवद्ध रहेका उपभोक्तालाई साँझ बिहानको चुलो बाल्न सहज होस् भन्ने उद्देश्यले राहत सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले बताउनु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्