पैदल यात्रुको उद्धारमै बित्छ उपाध्यक्ष खत्रीको दैनिकी

0
58

तारा ओली
(राप्तीसोनारी), बैशाख ६-

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री अचेल बिहानदेखी राती अबेरसम्म पुर्वपश्चिम राजमार्गमै खटिनुहुन्छ । राजमार्गमा अलपत्र परेका पैदल यात्रुको उद्धार गर्नमै उहाँको दैनिकी बित्ने गर्छ । केहीदिन यता उहाँले राजमार्गमा अलपत्र परेका पैदल यात्रुलाई आफु चढ्ने गाडीमा राखेर निश्चित ठाउँसम्म पुर्याउने गर्नुहुन्छ । ‘राजमार्गमा हिड्दाखेरी दुःख पाएका पैदल यात्रु मात्रै भेटिन्छन्, उनीहरुको अवस्था देख्दा रुन मन लाग्छ,’ उहाँले भन्नुभयो ‘बरु आफु चढ्ने गाडीमा राखेर भएपनि कहिले कोहलपुर त, कहिले मानखोलासम्म पुर्याउने गर्छु ।’

उपाध्यक्ष खत्रीले राजमार्गका पैदल यात्रुको उद्धार गर्न थालेको एक हप्ताजति भइसकेको छ । अहिलेसम्म सयौं ब्यक्तिलाई उद्धार गरिसक्नु भएको छ । कोरोना भाइरसको संक्रमण हुने त्रासले गर्दा सरकारले गरेको लकडाउनका कारण काम गर्न बाहिर गएका पैदल यात्रु अलपत्र परेका हुन् । यहाँले शनिबार एकैदिन १ सय ५० जना जतिलाई उद्धार गर्नु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्