ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुरमा तनाव

0
203

कोहलपुर-ट्रकले एक बालिकालाई ठक्कर दिएपछि कोहलपुरमा तनाव उत्पन्न भएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार बिहान करिव साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएर घाईते बनाएको थियो ।

घटनापछि आक्रोशित भएका बिद्यार्थी तथा स्थानीय बासिन्दाले उक्त ट्रकमा आगजनीसँगै प्रर्दशन गरेका हुन् । ठुलो संख्यामा उपस्थित भएका बिद्यार्थी र स्थानीय बासिन्दाले ट्रकमा आगजनी गर्ने क्रममा प्रहरीसँग कयौं पटक झडप समेत भयो । सो क्रममा प्रहरीले बिद्यार्थीलाई छानी छानी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर समेत गरेको थियो । अहिले पनि कोहलपुको अवस्था तनावपुर्ण रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिद्यार्थी र स्थानीयले ईप्रका घेराउ गरिरहेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी १२ बर्षिया घाईते चन्दको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दुबै खुट्टामा चोट लागेको बालिकाको अवस्था भने गम्भिर रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

अघिल्लो लेखमाकोहलपुर ६ मा नेकपा निर्वाचित, कोहलपुरमा विजयी जुलुस
अर्को लेखमाराप्तीसोनारी ३ मा स्वास्थ्य शिविर संचालन हुने

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्