७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा बहस हुने विषय सार्वजनिक

0
58


बाँके, (नेपालगञ्ज माघ) १४-

बाँकेको राप्ती सोनारीमा हुनलागेको ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । थारु लेखक संघ नेपाल र थारु गोचाली समाज नेपाल बाँकेले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । सम्मेलनकोलागि स्टेज, स्वागत गेट निर्माण, अतिथीहरुलाई निमन्त्रणा गर्ने काम लगभग अन्तिम चरणमा पुगेको थारु गोचाली समाज नेपालका महासचिव कालुराम समर्पणले जानकारी दिनुभयो । सम्मेलन उद्घाटकालागि हाल सम्म प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आउने तयारी रहेको र कुनै कारणबस आउन नसक्ने भएमा नेपाल सरकारका पर्यटन मन्त्रीलाई ल्याउने उहाँले बताउनुभयो । उहाँले सम्मेलन भब्य रुपमा सफल पार्न स्थानिय युवा, बरघर, सामुदायिक वन उपभोक्ता समुहलगायतले आ आफ्नो क्षेत्रबाट स्वस्फूर्त रुपमा सहयोग गरिरहेको बताउनुभयो । सम्मेलनमा पूर्व देखि पश्चिम नेपालबाट सहभागी हुन आउने पाहुनाहरुको स्वागतकालागि राप्ती सोनारीका विभिन्न ७ स्थानमा स्वागत गेट निर्माणको काम जारी रहेको महासचिव समर्पणले जानकारी दिनुभयो ।


थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनमा समकालीन थारु साहित्यबारे विमर्श, विभिन्न रचना वाचन, थारु भाषाको पुस्तकको प्रदर्शनी र बिक्री गरिनुका साथै थारु साहित्यको अनुसन्धान, राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघरको भुमिका, पश्चिम थरुहटमा राजनीतिक फिलिंगो, होमस्टेमा थारु समुदायः उद्यमशिलता सम्भाब्यता, आख्यानमा थारु , बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा लगायतका विषयमा छलफल हुने बताउनुभयो ।
त्यसैगरी सिकलसेल एनिमियाको कहर ः जनस्वास्थ्यमा प्रतिकुल असरबारे पनि छलफल हुनेछ । थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा ईतिहाँस बारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक संघले प्रत्येक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको केन्द्रय सदस्य दहितले बताउनुभयो । देशभरीबाट आएका झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूलाई बाँकेको राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण जंग्रार साहित्यक बखेरीका केन्द्रय अध्यक्ष सोम डेमन्डौराले गर्नुभएको थियो ।


यसअघि ०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । दोस्रो कैलालीको पटेलामा, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गीया, पाँचौं सुर्खेतको नयाँगाउँ, छैठौं कञ्चनपुर र सातौं बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा हुन लागेको हो ।

अघिल्लो लेखमाआइतवारदेखि नेपालगञ्जमा हुने दोस्रो वेष्टर्न ट्राभल मार्टको तयारी पुरा
अर्को लेखमाअमरज्योति माविले मनायो ३४ औँ वार्षिकोत्सव

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्